१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिटिइभिटीका कर्मचारीहरु एक सातादेखि आन्दोलित

भक्तपुर- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा कार्यरत कर्मचारीहरूले ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। सिटीइभिटी व्यवस्थापनसँग गतवर्ष असोज २१ र जेठ १३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने भन्दै भाद्र २५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेको कार्यकक्षमा १ घण्टा धर्ना दिएर सुरु गरिएको आन्दोलनका थप कडा बन्दै गएको छ। आफुहरूको माग पुरा गराउन व्यवस्थापनले कुनै चासो नदिएको भन्दै राष्ट्रिय कर्मचारी संगठनले माग पुरा नभएसम्म चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राख्ने जनाएको छ।

आन्दोलनरत कर्मचारीहरुले सिटीइभिटी व्यवस्थापनसँग सेवा प्रवेशदेखि  हालसम्म परिषदको केन्द्रीय कार्यालयभन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाई प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका मागहरू अघि सारेका छन्।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना शुरू गरेका छन्। बिहान १० बजेदेखि शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजवहादुर खत्रीले जनाए। खत्रीले आफ्ना माग अविलम्ब पूरा नगरिए सिङ्गो सिटिइभिटी ठप्प पार्ने  चेतावनी दिएका छन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App