१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मौसममा सुधार आउन अझै दुई दिन लाग्ने

काठमाडौं–मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको छ। मौसमविद् विभूति पौखरेका अनुसार मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझिन्छ।

आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

‘आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ, बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ’, मौसमविद् पौखरेलले  भने।

 महाशाखाका अनुसार बिहीबार देशभरि मौसममा क्रमिक सुधार आउने छ। आज काठमाडौँ उपत्यकामा  १०.० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगञ्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ। 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App