१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अमेरिकामा वसन्तको काव्ययात्रा

काठमाडौं – व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण अमेरिका पुगेको छ। आइतबार अमेरिकाको भर्जिनियामा उनले एकल कविता वाचन गरेका थिए।

एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन क्यानडाबाट सुरू भएको उनको विश्व काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार दुई दर्जन कविताहरू वाचन गरेका थिए। ईश्वरको वन्दनाबाट सुरु भएको कविता वाचनका क्रममा उनले भने, ‘प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन्। के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ ? के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ ? जसरी वर्षातको थोपाहरुलाई, फूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न। त्यसैगरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न सकिन्न।’

कार्यक्रमको आयोजना भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार मञ्चले गरेको थियो। यो कार्यक्रमको २० औं शृंखला हो। उनले प्रवासमा बस्नेहरूको लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्नुअघि आमाको महिमा सुनाएका थिए। ‘आमा शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन्। प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन्। त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो,’ उनले भने।

कार्यक्रममा उनको ‘वसन्त’ र ‘चाहतों के साये में’ नामक कृति सार्वजनिक गरिएको थियो। सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको विश्व काव्ययात्रा यसअघि बेलायत, भारत, जापान, क्यानडा र अस्ट्रेलियालगायत देशमा पुगेर सम्पन्न भइसकेको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App