१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

मध्यपुरथिमि- मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेंगी नियन्त्रण सम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ।

‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेंगी नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताए।     

कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका छ टोल सुधार समितिलाई डेंगी नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोल टोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गरेको बताए।रासस

प्रकाशित: ३० भाद्र २०७६ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App