१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन पोल्यान्डका शिक्षक सडकमा आए ?

वार्सा (पोल्याण्ड)- पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन्।

आन्दोलनमा शिक्षक, प्राध्यापक, अविभावकलगायत शैक्षिक क्षेत्रका सरोकारवाला सहभागी भएका थिए ।
उक्त आन्दोलनको. आयोजनक ‘पोलिस टिचर्स युनियनले आन्दोलनमा ५० हजारभन्दा बढी व्यक्ति सहभागी भएको जनाएको छ । उनीहरुले “विद्यालयमा भद्रगोल नगराऊँ” र “शैक्षिक क्षेत्रको उथलपुथल रोक” नारा लगाउँदै हस्ताक्षर सङ्कलन गरिरहेका छन्।
युनियनका प्रमुख स्लावमीर ब्रोनिआर्जले शैक्षिक क्षेत्रको अस्तव्यस्तता विरुद्धमा आफूहरुले आन्दोलन गरेको बताए।
पोल्यान्डका शिक्षामन्त्री अन्ना जालेवास्काले नयाँ शिक्षा प्रणाली योजना सकारात्मक सोंचका साथ नै ल्याएको दाबी गर्दै आएका छन्। यस शिक्षा प्रणालीलाई अर्को वर्षदेखि लागू गर्ने सरकारले तयारी गरिरहेको छ । रासस/सिन्ह्वा

 

प्रकाशित: ५ मंसिर २०७३ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App