एन्फा एकेडेमी कप

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

सोमबार, ३० भदौ २०७६, ११ : ३९ नागरिक

धरान - प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा आइतबार भएको पहिलो खेलमा एन्फा एकेडेमी धरानले उदयपुरलाई ३–० गोलअन्तरले हरायो। एन्फा धरानको जितमा सोहन सोताङ, असिमजंग कार्की र विश्वास ओझाले गोल गरे। खेलको म्यान अफ द म्याच धरानका युनिस बुढाथोकी भए।

यस्तै, दोस्रो खेलमा महेन्द्र मोमोरियलले धरान फुटबल क्लब एकेडेमीलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय ग¥यो। महेन्द्र मेमोरियलका लागि पहिलो गोल सुजन सरदारले पेनाल्टीमार्फत गरेका थिए। यस्तै, दोस्रो गोल योगेश विष्टले गरे। सो खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका अभिषेक गुरुङ भए।

प्रतियोगितामा सोमबार अन्तिम क्वार्टरफाइनल खेल एम्ब्रीय एकेडेमी मोरङ र मेची नेत्रालय झापाबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad