१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण एसियाली नेटबल कात्तिकमा

काठमाडौं – आगामी कात्तिक पहिलो सातादेखि पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिप हुने भएको छ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल नेटबल संघले कात्तिकको पहिलो सातादेखि पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिप हुने भएको जनाएको हो। च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ। च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्।

च्याम्पियनसिप कात्तिक १ गतदेखि ५ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सञ्चालन हुने नेपाल नेटबल संघका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक आउनेछन्। ३१ लाख रुपैयाँ बजेट रहेको च्याम्पियनसिपका लागि नागार्जुन नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

महिला सशक्तीकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपका लागि नगरपालिकाले सहयोग गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए। च्याम्पियनसिपका लागि नेपालले विगत एक महिनादेखि छनोट प्रतियोगिता भइरहेको संघका महासचिव दीपक लामाले जानकारी दिए। हाल प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम १२ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिने लामाले जानकारी दिए।  

 

प्रकाशित: ३० भाद्र २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App