१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

केटाकेटीले खेलाएको आगोले दुई घर नष्ट

आगलागीमा परेको ललितबहादुर र पदमबहादुर मगरको घर ।

खोटाङ–केटाकेटीले आगो खेलाउँदा सल्किएको आगोले खोटाङमा दुई घर जलेर नष्ट भएको छन्। घरमा ठूला मान्छे नभएको बेलामा केटाकेटीले खेलाएको आगोले सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको घर जलेर नष्ट भएको हो। पदमबहादुरको गोठ नजिकै थुपारिएको परालबाट सुरु भएको आगोले आँगन जोडिएका दुबै घर जलेको स्थानीयले बताएका छन्।

आगलागीमा ललितबहादुरको ४० तोला चाँदी, २५ हजार नगद तथा घरमा भएका सबै सामान जल्दा १५ लाख ४८ हजार र पदमबहादुरको नगद १० हजार र घरभित्र भएका सबै थोक जल्दा ११ लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो आगलागी भएको भए पनि भौगोलिक बिकटता र फोन नलाग्ने समस्याका कारण घटनाका विषयमा ढिलागरी जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। घरमा कोही नभएकोबेलामा आगलागी भएकाले धनमाल जोगाउन नसकिएको स्थानीय केदार आले मगरले जनाए।

आगलागीबाट घर र आवश्यक बन्दोबस्तीका सामान जलेपछि ललितबहादुर र पदमबहादुर परिवारको बिचल्नी भएको छ। प्रहरीले भने गाईबस्तुकालागि खोले पकाउने क्रममा आगलागी भएको जानकारी आएको जनाएको छ। ढिलो जानकारी आएका कारण फाक्टाङस्थित हुक्नाजोर प्रहरीचौकीबाट शनिबार राती मात्र प्रहरी घटनास्थल पुगेका थिए।

 

प्रकाशित: ५ मंसिर २०७३ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App