१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेल्नहिम दरबारमा रहेको सुनको शौचालय चोरियो

लन्डन – बेलायतको बेल्नहिम दरबारमा रहेको १८ क्यारेट ठोस सुनको ट्वाइलेट रातारात चोरी भएको छ। ‘चोरको एउटा गिरोहले बेलायती स्ट्यान्डर्ड समयअनुसार शनिबार चार बजेर ५० मिनेटमा अक्सफोर्डसायर दरबारमा प्रवेश गरे र कलाकृति चोरे,’ थेम्स भ्याली प्रहरीले जनाएको छ।

आगन्तुकहरुलाई प्रयोगका गर्न लागि आमन्त्रण गरिएको र प्रयोग गर्न मिल्ने खालको उक्त शौचालय हालसम्म फेला परेको छैन। यद्यपि चोरीको आशंकामा एक ६६ वर्षे वृद्ध पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पक्राउ परेका ती वृद्ध हाल प्रहरी हिरासतमा रहेको बताइएको छ। उक्त सुनको ट्वाइलेट सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरिएको थियो। त्यसबेला यस विषयले व्यापक चर्चासमेत पाएको थियो।

भवनभित्रै रहेको शौचालय चोरी हुनु भनेको ‘महत्वपूर्ण क्षति हो’ प्रहरीले बताएको छ। सुनको ट्वाइलेट बिहीबार खुलेको इटालियन अवधारणात्मक कलाकार मौरिजियो क्याटेलानको प्रदर्शनीको हिस्सा थियो। १८ औं शताब्दीमा बेलायती राज्य सञ्चालन हुने सो दरबार विश्व सम्पदा सूचीमा रहेको र बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्मस्थान पनि हो। चोरीका बारेमा अनुसन्धान गर्नु पर्ने भएकाले हाल सो क्षेत्र बन्द गरिएको प्रहरी स्रोतले जनाएको छ। शनिबार दिनभर दरबार बन्द रहने र आइतबार पुनः खुल्ने बेल्नहिम दरबारले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ।

कला प्रदर्शनीको सुरक्षालाई लिएर आफू अत्यन्तै ढुक्क रहेको मार्लबरोका वर्तमान ड्युक एडवार्ड स्पेन्सरले गत महिना बताएका थिए। ‘यो चोरका लागि सजिलो विषय हुने छैन,’ उनले गत महिना बताएका थिए। इटालियन अवधारणात्मक कलाकार मौरिजियो क्याटेलानको प्रदर्शनीमा उपस्थित व्यक्तिहरुलाई दरबारमा रहेको गद्दीलाई पनि सित्तैमा प्रयोग गर्न दिइएको छ। लामो लाइन नहोस् भनेर तीन मिनेटको समयसीमा भित्र गद्दी प्रयोग गर्न दिइएको थियो।

‘चोरी भएको कलाको टुक्रा सुनबाट बनेको उच्च मूल्य भएको ट्वाइलेट थियो जुन दरबारमा प्रदर्शनीका लागि राखिएको थियो,’ उपनिरीक्षक जेस मिल्नेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘चोरी गर्ने बेलामा चोरको समूहले कम्तीमा दुईवटा गाडी प्रयोग गरेको हाम्रो अनुमान छ,’ उनले बताए।००००
१८ औं शताब्दीमा राज्य सञ्चालन हुने बेल्नहिम दरबार विश्व सम्पदा सूचीमा रहेको र बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्मस्थान पनि हो।

 

 

प्रकाशित: २९ भाद्र २०७६ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App