१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पटना आउने रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको मृत्यु

कानपुर- भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ। भारतको इन्दोरबाट पटना आइरहेको उक्त रेल कानपुरको पुख्र्यानमा लिकबाट बाहिर गएर पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन्।

कापुरका डिएम कुमार रविकान्त सिंहका अनुसार रेलका तीन वटा डब्बा पूर्णरुपले क्षतिग्रस्त छ। प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति संवेदना प्रकट गरेका छन्। उनले ट्विटमार्फत् उक्त घटनालाई नजिकबाट हेर्न रेलमन्त्री सुरेश प्रभुलाई आग्रह गरेको उल्लेख गरेका छन्।

रेल दुर्घटनाको कारण थाहा नभएपनि यसबारे अनुसन्धान भैरहेको रेलवेका अधिकारीहरुले जनाएका छन्।

 

प्रकाशित: ५ मंसिर २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App