१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता, आर्मीका रत्नजितलाई उपाधि

इटहरी - त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि जितेका छन्।

शनिबार सम्पन्न फाइनलमा चिर प्रतिद्वन्द्वी एपिएफका दीपेश धामीमाथि २१–१९, २१–१३ को सोझो सेटमा जित निकाल्दै रत्नजित आठौं पटक उपाधि उचाल्न सफल भए। इटहरी रंगशालाको कभर्डहलमा सम्पन्न खेलमा सफलता हात पार्दै रत्नजितले गत आठौं राष्ट्रिय खेलकुदमा बेहोरेको हारमा मलम लगाएका छन्।

उक्त प्रतियोगितामा उनी धामीसँग नै पराजित भएका थिए। भोजपुरका विकास श्रेष्ठ र आर्मीका नवीन श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए। पहिलो उपाधि भने पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जितेका थिए। महिलातर्फ रसिला महर्जनले डिफेन्डिङ च्याम्पियन भोजपुरकी नङ्सलदेवी तामाङलाई पराजित गर्दै पहिलो पटक उपाधि उचालिन्। रसिलाले नङ्सललाई २१–१६, २१–१५ ले सहजै हराइन्। तेस्रो स्थानमा एपिएफकी जेसिका गुरुङ र मोरङको राजधानी युथ क्लबका सीमा राजवंशी रहे। महिला र पुरुषमा शीर्ष तीन खेलाडीले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

पुरुष खुला एकलतर्पm आर्मीका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९–२१, २१–११, २१–११ ले पराजित गरे। तेस्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र नीराजन देवकोटा रहे। महिला एकल खुलातर्पm कैलालीकी प्रार्थना देउवाले उपाधि चुमिन्। फाइनलमा जेष्ट ब्याडमिन्टनकी मनीषा खड्काले खुट्टामा चोट लागी खेल परित्याग गरेपछि प्रार्थनाले सहजै उपाधि जितेकी हुन्।

तेस्रो स्थानमा बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री रहे। पुरुष युगलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले बाजी मा¥यो। रत्न र नवीनको जोडीले एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई १६–२१, २१–१७, २१–१२ ले पन्छाउँदै उपाधि जित्यो। बाँकेका रियाज अन्सारी र इरफान अन्सारी तथा आर्मीका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी संयुक्त तेस्रो भए।

महिला युगलमा एपिएफका पूजा श्रेष्ठ र जेसिका गुरुङले सफलता हात पारे। पूजा र जेसिकाको जोडीले आर्मीका रसिला महर्जन र रञ्जना भट्टको जोडीलाई २१–१२, २१–१३ ले पन्छाउँदै ट्रफी उचाले। तेस्रो स्थानमा आर्मीका अमिता गिरि र अनुमाया राईको जोडी तथा  मोरङकी सम्झना शर्मा र राजधानी युथ क्लबकी सीमा राजवंशी रहे।

महिला÷पुरुष खुला एकल तथा जोडीमा शीर्ष तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। छात्र यु–१७ तर्पm एपिएफका प्रियान्सु सिंह क्षेत्रीले बाजी मारे। उनले कैलालीका अमृत चौधरीलाई २१– १२, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधि हात पारे। तेस्रो स्थानमा कञ्चनपुरका हिमाल चन्द र आर्मीका भोजबहादुर गुरुङ रहे।

छात्रातर्फ आर्मीकी रसिलाले उपाधि चुम्दा फाइनलमा मोरङकी सीमा राजवंंशीलाई २१–५, २१–३ ले पराजित गरिन्। तेस्रो स्थानमा राजधानी युथकी रोज पाण्डे र आर्मीकी रञ्जना भट्ट रहे। यी शीर्ष तीनले १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे। भेट्रान्स युगलमा पाल्पाका वीरेन्द्रसिंह विष्ट र महेश वज्राचार्यले जित निकाले। वीरेन्द्र र महेशको जोडीले फाइनलमा धनकुटाका किरण प्रधान र योगश्वर श्रेष्ठको जोडीलाई १८–२१, २१–१९, २१–११ ले पराजित गरे।

इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज तथा आर्मीका सुभाष श्रेष्ठ र रुद्र थिङको जोडीले तेस्रो स्थान हात पारे। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले पुरस्कृत गरेका थिए। नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा सम्पन्न प्रतियोगिता गत भदौ २३ गतेदेखि सुरु भएको थियो।

महिलातर्फ रसिला महर्जनले डिफेन्डिङ च्याम्पियन भोजपुरकी नङ्सलदेवी तामाङलाई पराजित गर्दै पहिलो पटक उपाधि उचालिन्।

प्रकाशित: २९ भाद्र २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App