१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘अब एडभेन्चर ट्राभल मार्ट’

खुम बहादुर सुवेदी अध्यक्ष, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल

आन्तरिक पदयात्री बढ्दै जानु राम्रो हो। हामी नेपालीलाई पर्वतीय पर्यटनको जानकारी दिन र व्यवस्थित पदयात्रामा प्रोत्साहित गर्न अभियान चलाउँछौं।

टानमा तपाईँको नयाँ नेतृत्वले अब के काम गर्छ ? 
विदेशी पर्यटक नेपालको पदयात्रामा जाँदा अनिवार्य रूपमा नेपाली सहयोगी लिएर जाने व्यवस्था मिलाउन पहल गर्नेछौं। हाम्रो पर्वतीय पर्यटनका गतिविधिमा हुने ट्याक्स र भ्याटलाई न्यूनीकरण गर्न पहल गर्छौं। हामी नेपालमा एडभेन्चर ट्राभल मार्ट गर्नेछौं। साथै हामी १८ सय हाराहारीमा ट्रेकिङ कम्पनी छौं। हामी आधुनिक टेक्नोलोजी अधिकतम प्रयोग गरेर बढीभन्दा बढी विदेशीलाई नेपाल ल्याउने वातावरण बनाउने छौं।  

एडभेन्चर ट्राभल मार्ट किन ?
यसले नेपालमा भएका साहसिक गतिविधिलाई विश्व बजारमा पु¥याउन मद्दत गर्छ। त्यसबाट विदेशीहरू नेपाल आउन प्रेरित हुनेछन्। एडभेन्चर ट्राभल मार्टमा पदयात्रा, पर्वतारोहण, क्यानोनिङ, राफ्टिङ लगायत सबै साहसिक गतिविधि समेटिने छ।

टिम्स कार्डको विषयमा नेपाल पर्यटन बोर्डसँगको गाँठो कसरी फुकाउनु हुन्छ ?
सरकार, पर्यटन बोर्ड र सरोकारवालाहरूलाई टिम्स कार्डको महत्त्व अझ उच्च रूपमा बुझाउने प्रयास गरिनेछ। टिम्स कार्डको उपयोगिताका बारेमा सरोकारवालासँग गहन समीक्षा गरिनेछ। समीक्षापछि पर्यटन व्यवसायी, पर्यटन मजदुर र सरोकारवाला यसलाई निरन्तरता दिन तयार भए भने अघि बढाउने अन्यथा टिम्स कार्ड खारेज गरेर, नयाँ टे«किङ पर्मिटको अवधारणामा जानेछौं। यसका लागि सरकारले पूर्ण रूपमा सहयोग पु¥याउनु पर्छ।

पर्यटकले विभिन्न नाउँमा ठाउँठाउँमा छुट्टाछुट्टै अनुमति शुल्क तिर्नु पर्छ। त्यसलाई एकद्वार प्रणालीमा ल्याएर सजिलो बनाउन सकिँदैन?
पर्वतारोहण, पदयात्रा, संरक्षण लगायत सबै खालका अनुमति पत्र वा नविकरण लगायतका काम सबै पर्यटन विभागबाट होस् भन्ने हाम्रो चाहना छ। एकद्वार प्रणालीले काम गर्न सहज हुन्छ। पर्यटकमा पनि नकारात्मक प्रभाव पर्दैन। त्यसका लागि हामी लविङ गर्छौं।

फेक रेस्क्युका कारण नेपाल बदनाम भयो। विश्व बजारमा सकारात्मक सन्देश प्रवाह कसरी गर्नु हुन्छ ? 

फेक रेस्क्यु नियन्त्रण गर्न सरकारले नीति तथा कार्यक्रम बनाएको छ। त्यसमै टेकेर काम गरेपछि यो समस्या आफैं समाधान हुन्छ।
पदयात्रा पर्यटनमा भरिया मारमा परेका देखिन्छन्। बढी दुःख गर्छन्, ज्याला कम पाउँछन्। कतिपय ठाउँमा बासकै समस्या छ। यसलाई कसरी

सम्बोधन गर्नु हुन्छ ?
हामी ठाउँठाउँमा पोर्टर सेल्टर बनाउन स्थानीय निकायसँग समन्वय गर्छौं र समयअनुरूप उनीहरूको ज्याला बढाउने काम गर्छौं।  
केही वर्षदेखि नेपाली पनि पदयात्रामा बाक्लै देखिन थालेका छन्। उनीहरूलाई व्यवस्थित पदयात्रामा प्रोत्साहित गर्न टानले के गर्छ ?
आन्तरिक पदयात्री बढ्दै जानु राम्रो कुरा हो। हामी नेपालीलाई पर्वतीय पर्यटनको जानकारी दिन र पदयात्रामा थप प्रोत्साहित गर्न अभियान चलाउँछौं। व्यवस्थित रुपमा पदयात्रा गर्न सघाउने छौ।

प्रकाशित: २८ भाद्र २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App