१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘पहाडलाई बजेट वितरणमा उपेक्षा गरियो'

खोटाङ  – १ नम्बर प्रदेशका प्रदेश सांसद उषाकला राईले बजेट वितरणमा पहाडलाई विभेद गरिएको बताएकी छन् । बजेट अधिबेसन टुंगिन लागेको अवस्थामा शुक्रबार बसेको प्रदेश संसदको नियमित बैठकमा प्रदेशसभा सांसद राईले अधिकांश बजेटलाई शहरी क्षेत्रमा मात्र केन्द्रित गरेर पहाडमाथि विभेद गरिएको बताएकी हुन् ।

प्रदेशसभा सांसद राईले १ नम्बर प्रदेशका १४ वटा जिल्लामध्ये ११ वटा जिल्ला पहाडी क्षेत्र भएकाले यस वर्ष पहाडलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरेकी छन् । ‘यस प्रदेशको ११ वटा जिल्ला पहाडमा पर्छ । समस्या त्यही पहाडमा छ । तर, अहिलेसम्म पहाडमा पर्याप्त बजेट पठाउन सकेका छैनौं,’ प्रदेशसभा सांसद राईले भनिन्, ‘त्यस कारण म हार्दिक बिनम्रताकासाथ सरकारसँग अनुरोध गर्दछु की यो वर्ष पहाडलाई बजेट दिऔँ, पहाडलाई विभेद नगरौं, पहाडलाई मायाँ गरौँ ।’

पहाडलाई पर्याप्त बजेट नछुट्याउँदा पुर्वाधारको विकास हुन सकेको छैन् जसकारण सुविधाकै लागि पहाडी क्षेत्रबाट तीब ्ररुपमा तराईमा बसाई सर्नेक्रम बढेको भन्दै राईले चिन्ता व्यक्त गरिन् । पहाडबाट अनियन्त्रित रुपमा भइरहेको बसाँईसराई रोक्नका लागि पहाडमा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

‘बजेट खासगरी शहरी क्षेत्रमा केन्द्रित गरेका छौँ । पहाडलाई बजेट छुट्याउन एकदमै विभेद गरेका छौँ । पहाडमा बजेट गएको छैन । त्यस कारण आज पहाडमा ठूलो समस्या देखा परेको छ,’ सांसद राईले भनिन्, ‘पिउने पानीको समस्याका कारण खोटाङको लिच्कीराम्चेबाट मात्र गत वर्ष ६० घर विस्थापित भएर तराई झरेका छन् । बतासे र हलेसी क्षेत्रमा बसाई सर्नेक्रम बढ्दो छ । पहाडी क्षेत्रमा भइरहेको बसाई सराई रोक्ने हो भने सरकारले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्नु पर्दछ ।’

 

प्रकाशित: २७ भाद्र २०७६ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App