१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

लहान- आन्तरिक राजस्व कार्यालय लहानमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुदाँ राजस्व सङ्कलनका साथै बजार अनुगमन प्रभावित भएको छ।

कार्यालयका कम्प्युटर अधिकृतसहित १० कर्मचारी एकैपटक गत भदौको पहिलो साता सरुवा भएको तर त्यो स्थानमा हालसम्म कर्मचारी पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही र बजार अनुगमनसमेत प्रभावित भएको हो।

कार्यालयमा कुल १८ जना कर्मचारीको दरबन्दी भए पनि हाल आठजना कर्मचारी मात्र कार्यरत रहेको कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले बताए।

कार्यालयमा एकजना कम्प्युटर अधिकृतको दरबन्दी भए पनि हाल त्यो पदमा कर्मचारी छैन्, प्रमुख अधिकारीले भन्नुभयो– “कार्यालयमा नौजना नायब सुब्बाको दरबन्दीमा अहिले एक जना छन्, लेखापाल पद समेत रिक्त छ ।”

एकै पटक लामो समयसम्म ठूलो सङ्ख्यामा कर्मचारी रिक्त हुदाँ कार्यालयबाट हुने सेवाका साथै बजार अनुगमन, कार्यालयको अभिलेख तथा कर सङ्कलनलगायतका सम्पूर्ण काम प्रभावित भएको प्रमुख अधिकारीको भनाइ छ ।

कर्मचारीको अभाव हुँदा दुई/तीन महिनादेखि बजार अनुगमन हुन सकेको छैन् भन्ने लेखापाल नहुँदा कर्मचारीले तलब समेत पाउन नसकेको गुणासो उनको छ ।

आवश्यकता अनुसारको कर्मचारी नहुँदा कार्यालयमा आउने सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न समस्या भइरहेको बताउँदै प्रमुख अधिकारीले रिक्त दरबन्दीमा कर्मचारी पठाउन पटक/पटक विभाग र मन्त्रालयमा ताकेदा गर्दा समेत हालसम्म नपठाएको गुनासो गरे। रासस

 

प्रकाशित: ४ मंसिर २०७३ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App