काठमाडौँ- देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ।
विभिन्न १० राजनीतिक दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ७० अर्ब रुपैयाँमा पूरा हुने परियोजना लागत खर्च दोब्बरभन्दा बढी बढाएर एक खर्ब ६४ अर्ब रुपैयाँ पुर्याएकोमा आपत्ति जनाए। भारतको जीएमआर कम्पनीसँग नेपाल सरकारले सो सम्झौता गरेको छ।
बङ्गलादेशसम्म विद्युत पुर्याई बिक्री गर्ने चाँजो मिलाउन कम्पनीलाई अघि सारेर म्याद थप्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसको हामी घोर भत्सर्ना गर्दछौँ”, गजुरेलले भने।
उनले सो कम्पनीले १२ वर्षको बीचमा पनि परियोजना पूरा गर्नेतर्फ काम कारवाही अगाडि नबढाएको भन्दै उनले सो कम्पनीले काम पनि नगर्ने तर नवीकरण गर्न खोज्नेप्रति आशङ्का व्यक्त गरे।
यो परियोजनाबाट चार हजार १ सय ८० मेगावाट बिजुली निकाल्न सकिने र उत्पादित पानीबाट १५ लाख रुपैयाँ हेक्टर जमीनको सिंचाइ हुनसक्ने बताइएको छ। कर्णाली बचाऊ राष्ट्रिय अभियानका अध्यक्ष जगत रेग्मीले कानूनीरूपमा खारेज भइसकेको सो कम्पनीको सम्झौता नवीकरण गर्न नहुने माग गरे।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पासाङ मोक्तान र जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफ्ले, नेकपा मालेका स्थायी समिति सदस्य दीनानाथ घिमिरे, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कर्णाली परियोजनाका विविधपक्ष माथि प्रकाश पारे।रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत