अनुवाद

हल्ला

शनिबार, ०४ मङि्सर २०७३, ११ : २३ नागरिक

एन्टोन चेखभ
क्यालिग्राफीका शिक्षक सर्गेई क्यापितिनोभिच छोरीको विवाहोत्सव मनाइरहेको थियो । ड्रइङ रुममा नाचगान चलिरहेको थियो । कालो कोट र सेतो टाई लगाएका नोकरचाकरहरु अतिथि सेवाका लागि यताउता दौडिरहेका थिए । उनीहरुलाई नजिकैको एउटा क्लबबाट भाडामा सेवाका लागि बोलाइएको थियो । चारैतिर होहल्ला, मस्तीको वातावरण थियो । एउटा बेन्चमा बसिरहेका गणितका शिक्षक चेनितोलेभ हालै घटेको घटनाबारे मच्चिकन बहस गरिरहेका थिए । विषय आध्यात्म नै थियो । उनलाई आध्यात्ममा विश्वास त थिएन तर पृथ्वीमा कैयौँ रहस्यमय कुरा छन्, जसलाई मानिसले आफ्नो मस्तिष्कका बलले जान्न सक्तैन ।

अर्को कोठामा चाहिँ साहित्यका शिक्षक फ्रान्सेली पस्को कुओई गफमा मग्न थिए । उनले कस्तो अवस्थामा प्रहरीले गोली चलाउन सक्छ र चलाउनु पर्छ भनी बताइरहेका थिए । भित्र छिर्न मनाही गरिएका केही मानिसहरु भने बाहिर उभ्भिएरै झ्यालबाट घरभित्र चिहाइरहेका थिए ।

ठीक आधा रातका बेला सर्गेईले भोजको तयारीबारे जानकारी लिन भान्सामा छि¥यो । भान्साको चारैतिर कुखुरा, हाँस र माछाका विविध परिकारका सुगन्धयुक्त धुँवा रङमङिएको थियो । टेबुलभरि रक्सीका बोतलहरु सजाइएका थिए । रातो अनुहार र ठूलो तथा भद्दा पेट भएकी भान्से मार्फा आफ्नो काममा मनोयोगपूर्वक खटिरहेकी थिई र व्यस्त थिई ।

‘प्यारी मार्था मलाई माछा देखाऊ त,’ सर्गेईले हात मोल्दै आफ्नो मुखमा आएको पानीलाई नलुकाई मार्फातर्फ हे¥यो, ‘कति मीठो सुगन्ध र गज्जबका परिकार बनाइछौ । के–के तयार भए देखाऊ त !’

मार्फाले माछाको परिकार बनाइएको कराही छोपिएको कागज उठाइदिई । सर्गेईले मुग्ध भावले परिकार हे¥यो र आनन्दको अनौठो आवाज निकाल्यो, मानौँ ग्रिजबिनाको गाडीको चक्का धस्रिएर रोकिएको होस् । झन् उसले नजिकै जाँदा पुनः त्यस्तै आवाज निकाल्यो । ‘आहा !’ एउटा उत्तेजित चुम्बनको आवाज सुनियो ।

आवाजसँगै छेउको कोठाबाट ढोकामा सहायक अध्यापक वेनकिन देखियो । अध्यापकले भन्यो, ‘अँ, खुसीको कुरा हो सर्गेई क्यापितिनोभच, गज्जब भो !’
‘मैले कसैलाई पनि चुम्बन गरेको छैन,’ सर्गेईले दिक्क मान्दै भन्यो, ‘तैँले यो सोचिस् मात्रै कसरी मूर्ख ? मैले माछा देखेर जिब्रो फड्कारिरहेको थिएँ ।’
‘अरु नै कुरा गरे भइगो नि,’ वेनकिन रातो अनुहार पार्दै त्यहाँबाट अदृश्य भयो ।

‘उफ्, साह्रै नराम्रो भयो !’ सर्गेईले सोच्यो, ‘अब त्यस बदमासले सबैलाई कानेफुसी गर्दै सुनाउँछ र सारा टोलभरि बदनाम गरिदिन्छ ।’
ऊ डराउँदै ड्रइङ रुममा गयो र वेनकिन कहाँ होला भनी खोज्न थाल्यो । ऊ पियानोको छेउमा उभिएकी प्रहरी निरीक्षककी पत्नीसँग कानकै छेउमा केही फुस्फुसाइरहेको थियो । निरीक्षकपत्नी हाँसिरहेकी थिई ।

‘पक्कै पनि उसले मेरै बारेमा त्यो फुँडीलाई सुनाइरहेको होला,’ सर्गेईले सोच्यो, ‘हेर न, त्यो पनि कत्ति रुची मानिकन सुनिरहेकी र हाँसिरहेकी छे ।’
सर्गेईले सोच्यो– अब निरीक्षकपत्नीलाई उसले वास्तविकता के हो भनी विश्वसनीय तरिकाले बताउनु पर्छ ताकि अरुले त्यो मूर्दार वेनकिनको विश्वास कसैले नगरोस् । सर्गेईले आफ्नो कम्मर सिधा ग¥यो र फ्रान्सिस पस्को कुओईछेउ पुग्यो ।

‘म भर्खरै भान्सामा के पाकिरहेको छ भनेर हेर्न गा’थेँ,’ सर्गेईले भन्यो, ‘मलाई थाहा छ, तिमी माछाको सोखिन हौ । मैले त माछाको गज्जबको परिकार बनाउन लगाएको थिएँ र परिकार देख्नेबित्तिकै मेरो मुखबाट पानी आयो...हि..हि..हि.. । खुसीले मैले जिब्रो पड्काएँ । त्यतिबेलै वेनकिन आइपुग्यो । मैले मार्फालाई चुम्बन गरेको आवाज आयो भनेर पो भन्छ है लफङ्गो त !’
‘को लफङ्गो अरे ?’ तरतुलोभ छेउ आउँदै सोध्यो ।

‘बेकूप !’ रिसले तम्तमाउँदै सर्गेईले भन्यो, ‘मार्फालाई चुम्बन गर्नुभन्दा त म बरु कुकुरलाई चुम्नु श्रेयस्कर ठान्छु । त्यसैले हो सारा किस्सा सुनाएको । म भान्सामा माछा पकाएको हेर्दैथिएँ...।’ आधा घण्टाभित्रै निम्तालुहरु सबैले माछाको किस्साबारे अवगत भइसकेका थिए ।

‘अब जे सुकै होस्, कसैले पनि त्यो बेकूपको भनाइलाई विश्वास गर्ने छैनन्,’ हात मोल्दै सर्गेईले खुसीमा मग्न हुँदै गम्यो र छेउमै रहेको एक गिलास भोद्का घुटक्क निल्यो ।
बिहेपछि नयाँ जोडीलाई वेडिङ रुममा पठाएपछि ऊ आफ्नो कोठामा फर्कियो र एउटा निर्दोष बालकले झैँ सोच्न थाल्यो । बिहानसम्म उसले सारा घटना बिर्सिसकेको थियो तर भनिन्छ जे कुराको कामना मनुवाले गर्छ, ईश्वरले त्यसमाथि न्याय गर्छ ।

खराब बोलीवचनले काम गरिसकेको थियो । सर्गेईको सफाइले कुनै फाइदा दिलाएन । एक सातापछि सर्गेई आफ्नो कमन रुममा उभियो, उसको छेउमा व्याप्तिकिन नामक हेड मास्टर छेउमा आयो । उसलाई तानेर एक कुनामा पु¥यायो र भन्यो, ‘सर्गेई केपितिनोभिच मलाई माफ गर, मलाई यसबारे कुनै मतलब छैन । तिमीले भान्से मार्थालाई के ग¥यौ भनी गाउँभरि हल्ला छ ! तिमीले आफू अध्यापक हौ भन्ने कसरी बिस्र्यौ ?’

सर्गेई भयले जड र मूढ भयो र चुपचाप यसरी घर फर्कियो मानौँ उसमाथि उम्लिएको पानी कसैले खन्याइदिएको होस् । ... घरमा एउटा नयाँ समस्या कुरिरहेको थियो ।
‘तिमीले खानपिन नै पो छाड्यौ नि,’ खाना खाने बेलामा पत्नीले सोधी, ‘मार्फाको यादले पीडित भएर सोचिरहेको हो कि क्यो हो ? मलाई सब कुरा थाहा छ, मानिसहरुले गाउँभरि कुरा काटिरहेका छन् । बल्ल पो मेरो आँखा खुल्यो !’

सर्गेईले पत्नीको गाला चडाम्म चड्काइदियो र केही नबोली खाना खाने टेबुलबाट उठ्यो । ऊ टोप वा कोट केही नलगाई वेनकिनको घर पुग्यो ।
‘तँ साह्रै ननिको लफङ्गो होस्... तैँले सबैलाई मेराबारे नभएको कुरा लगाउने हिम्मत कसरी गरिस् ?’
‘कस्तो नभएको कुरा लगाए ? कसलाई लगाए ?’ वेनकिनले सोध्यो ।

सबै कुरा विस्तारसँग बताएपछि सर्गेईले तम्तम्याइलो अनुहार बनाएर भन्यो, ‘यो तैँले नगरेको भए कसले ग¥यो त ?’
वेनकिनले भन्यो, ‘माँ कस्सम साथी मैले कसैलाई केही भनेको छैन । म यो पवित्र धर्मग्रन्थ छोएर भन्छु । मैले तेराबारे कुनै झूटो कुरो फैलाएको भए मेरा आँखा फुटोस्, मलाई आजै पूँ पारेर लैजाऊन् ।’

वेनकिनले यसरी भन्यो कि उसमाथि शङ्का गर्नु बेकार थियो ।
‘कसले मेराबारे यस्तो नचाहिँदो कुरा फैलायो त ? कस्ले ?’ सर्गेईले छाती ठोकेर चिच्यायो । ऊ रुन पनि सकेन ।
‘कसले हल्ला फैलायो त ?’ म पनि पाठकसँग त्यही कुरा सोधिरहेको छु ।
अनुवाद : अच्युत काेइराला

 







यसमा तपाईको मत


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...