१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मीरालाई ५ लाख

काठमाडौं- अल्ट्रा दौडकी कीर्तिमानी धाविका मीरा राईलाईसरकारले उपचार खर्चस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ। आठ महिनाअघि बेलायतमा अल्ट्रा दौडको तयारी गर्ने क्रममा मीरा घाइते भएकी थिइन्। उनको घुँडामा चोटछ। चोट कारण प्रतियोगिता खेल्न अप्ठेरो भएपछि उनी इटालीमा उपचार गराएर फकिएकी हुन्। उनी अहिले आराम गरिरहेकीछिन्। चिकित्सकले उनलाईतीन महिना आराम गर्नुपर्ने सुझाएको छ।

मीराको खेल करिअरलाई प्रोत्साहन गर्ने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयको पहलमा आर्थिक सहयोग गरेको खेलकुदमन्त्री दलजित श्रीपालीले बताए। मीराले गत वर्ष असारमा फ्रान्समासम्पन्न ८० किमि डु मोन्ट ब्लान्स अल्ट्रा दौड जितेकी थिइन्। उनले उक्त दुरी १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। डु मोन्ट ब्लान्सयुरोपको कठिन र साहसिक अल्ट्रा दौडमा चिनिन्छ।

मीराले सहयोग थाप्दै सरकारबाट सहयोग भएगाउँघरबाट आफूजस्ता धेरै खेलाडी जन्मने बताइन्। 'सुरुआती दिनमा मैले अल्ट्रा धाविका बन्नेसोचेको थिइनँ। साथीको आग्रहमा पहिलोपल्ट दौडमा भाग लिएँ। संघर्ष गर्दै दौडमा भाग सहभागिता जनाउन थालेँ। पछि दौडबाटैमेरो नयाँ परिचय बन्यो,' मीराले भनिन्, 'अल्ट्रा दौड कठिन छ। तर सरकारले प्राथमिकता दिए अन्तर्राष्ट्रिय पदक जित्न कठिन छैन। मैले एउटा बाटो खोलेकी छु। त्यसमा नयाँ भाइबहिनी आऊन भन्ने चाहना छ। त्यसका लागि सरकारले वातावरण बनाई दिनुपर्छ।'

मीराले सरकारबाटप्राप्त सहयोगले आफ्नो खेल करिअरमा थप हौसला मिलेकोप्रस्ट्याइन्।

तत्कालीन सशस्त्र द्वन्द्वकालका माओवादी लडाकु सेना समायोजन गर्ने क्रममा मीरा अयोग्य घोषित भएकी थिइन्। रोजगारीका लागि विदेश जाने अन्तिम तयारीमा रहँदामीराको करिअर खेल क्षेत्रतर्फ मोडिएको हो।

सुरुआतमा उनले कराते प्रशिक्षक धु्रवविक्रम मल्लबाट करातेप्रशिक्षण लिए। पछिमल्लकै सल्लाहमा मीरा अल्ट्रा दौडतर्फ लागिन्। अल्ट्रामा उनले एकपछि अर्कोअन्तर्राष्ट्रिय सफलता भेट्टाइन्।

मन्त्री श्रीपालीले मीराको सफलताको कथा सुन्दा नेपालीले गर्व गर्ने गरेको स्मरण गराए।

'मीराको सफलताले अयोग्य भन्ने शब्दको अर्थ सच्याउन जरुरी देखाएको छ। उनलाई सरकारले अयोग्य भनेर घोषित गर्‍योतर उनले विश्वमा नेपालको प्रतिष्ठा बढाउने काम गरिन्, मन्त्री श्रीपालीले भने, 'मीराको जीवनबाट हामीले प्रेरणा लिनुपर्छ। उनको खेल करिअर पिएलए स्पोर्टस क्लबबाट सुरु भएको हो। उनले भोगेका दुःख र सफलतालाई हामी सम्मान गर्छौं। राज्यले मीरा जस्ता प्रतिभालाई सम्मान गर्नुपर्छ। यो सम्मान ठुलो होइन। उनको उपचारमा केही सहयोग पुगोस भनेर हामीले सहयोग गरेका हौं।'

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा मीरालाई मन्त्री श्रीपालीसँगै मन्त्रालयका सहसचिव चूडामणि पौडेलले सम्मान गर्दै ५ लाखको चेक प्रदान गरे।

अल्ट्रामा उपलब्धि थप्ने क्रममा मीराहङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिप अन्तर्गत ५० किमि अल्ट्रा दौडमा च्याम्पियन भएकी थिइन्। पुरुष र महिला गरी ३ सय ५२ खेलाडीले भाग लिएको प्रतियोगितामा मीराले समग्रमा छैटौं स्थान पाएकी थिइन्। यसबाहेक उनले आधा दर्जन अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा दौडमा उपाधि जितेकी छन्।

सहसचिव पौडेलले मीराको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताए। 'मीराबाट देशले गर्व गरिरहेको छ। उहाँलाई राज्यले सम्मान र संरक्षण गर्न सक्नुपर्छ।'

कार्यक्रममा मन्त्री श्रीपालीले प्रशिक्षक धु्रवविक्रम मल्ललाई पनि सम्मान गरेका थिए।

मीराको नाममा टे्रनिङ सेन्टर

खेलकुदमन्त्रीश्रीपालीले धाविका मीराको नाममा सरकारले'हाइअल्टिच्युट' प्रशिक्षण सेन्टर खेल्ने बताएका छन्। उनले भने, 'उपयुक्त स्थानमा साहसिक दौडको प्रशिक्षण गराउन मिल्ने गरी मीराको नामबाट टे्रनिङ सेन्टर खेल्ने योजना अगाडि बढाउँछौं।'

श्रीपालीले मीराको लगाव, मिहिनेत र साहसको कदर गर्नहिमाल वा पहाडी जिल्लामा प्रशिक्षण केन्द्र स्थापना गर्ने कार्यको सुरुआत गरिने बताए।

'प्रतिभा गाउँघरमा हुन्छन्। मीराजस्ता प्रतिभा देशका धेरै ठाउँमा छन्। अब राज्यत्यस्ता प्रतिभा खोज्न प्रशिक्षण केन्द्र स्थापना गरेर अघि बढ्नेछ।'

मीराले आफैले फाउन्डेसन स्थापना गरेर काम गर्ने योजना बनाएपनि सरकारले त्यसलाई सहयोग गर्ने मन्त्री श्रीपालीको भनाइ थियो।

सहसचिव पौडेलले नेपालले मौलिक खेल विकासका लागि योजना बनाउन आवश्यक रहेको औंल्याए। उनले भने, 'आयातीत खेलमा हामीले धेरै लगानी गरेका छौं तर हामीले मौलिक खेलमा अन्तर्राष्ट्रिय पदक जित्ने सम्भावना छ। त्यस्ता प्रतियोगितामा लगानी गरे अन्तर्राष्ट्रिय पदक जित्न धेरै समय पर्खनुपर्दैन।'

भोट गर्न मीराको आग्रह

मीरा नेसनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एडभेन्चर्स अफ दी इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी खेलाडी हुन्।

कार्यक्रममा मीराले आफूलाई फेसबुक पेजमा लाइक गरेर सहयोग गर्न आग्रह गरिन्। उनले भनिन्, 'मैले अल्ट्रा दौडमा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छु। यसपटक फरक पाटोमा मेरो मनोनयन भएको छ। त्यसमा सबैलाई भोट गर्न आग्रह गर्दछु।'

गत वर्ष विश्व स्तरमा साहसिक खेलमा उपलब्धि हासिल गरेका १० व्यक्तिमा मीरा परेकी हुन्। अनलाइन भोटिङको आधारमा विजेता घोषणा गरिने अवार्डको घोषणा २०१७ को जनवरीमा हुनेछ।

प्रकाशित: ४ मंसिर २०७३ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App