पशुपति समाधिस्थलमा सिमेन्टको संरचना रोक्न माग

बुधबार, २५ भदौ २०७६, १९ : १० नागरिक

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गरेका छन्।  

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताए।     

“अरु देशमा शव गाड्नेले आफैँ जमीन किन्छन्, यसरी किनिएको जमीन पनि ५० वर्षसम्मलाई हुन्छ, यस्तो मैले इटाली भ्रमणमा जाँदा पनि देखेको थिएँ, आर्यघाट र भष्मेश्वर घाटमा दाउराबाट शव जलाउँदा समेत प्रदूषण फैलिएकाले विद्युतीय शवदाह गृहबाट जलाउन प्रोत्साहन गरिनुपर्छ”, उनले भने।     

पशुपति क्षेत्रमा सफाइ कर्मचारी सङ्ख्या बढाएर पर्यटकलाई आऊँ आऊँ लाग्ने बनाउनुपर्ने सुझाव पनि नेता नेपालले दिए। विश्वका एक अर्ब हिन्दूले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको उल्लेख गर्दै उनले तिनलाई आकर्षित गर्न सके नेपालको धार्मिक पर्यटन प्रवर्धन हुने बताए।     

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पशुपति क्षेत्रमा शव गाडेर सिमेन्टको संरचना बनाएर कुरूप बनाउनु नहुने विचार राखिन्। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने नाङ्गा एवं गाँजा, भाङ र धतुरो खानेलाई पनि रोक लगाउनुपर्ने उनको भनाइ थियो।     

सांसद मोहन बानियाँले पशुपति क्षेत्रको पूर्वाधार निर्माण एकद्वार नीति अन्तर्गत कोषले मात्र निर्माण एवं सम्पदा संरक्षणको काम गर्नुपर्ने बताए। पशुपति क्षेत्रलाई मसानघाट बनाउन दिनुनहुने उनको विचार थियो। १ सय २५ जाति सबैलाई पशुपति क्षेत्रमा शव गाड्न दिए पशुपति क्षेत्रको सांस्कृतिक महत्व नै नष्ट हुने सांसद बानियाँको भनाइ थियो।     

सांसद नारदमुनि रानाले पशुपतिका मूलभट्ट एवं भट्टले शपथ खाने ११ शिवलिङ्ग व्यक्ति/व्यक्तिको घरभित्र रहेकाले तिनलाई कहिले मुक्त गरिने हो भनी प्रश्न गरे। भ्रमण वर्षलाई सहयोग पुग्ने गरी पशुपतिमा सूचना एवं जानकारी दिने व्यवस्था गर्न पनि उनले माग गरे।     

उपसमिति संयोजक सांसद सुजिता शाक्यले शौचालयमा पनि पुरातात्विक महत्वका उमामहेश्वर लगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न निर्देशन दिइन्।

पशुपति क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गरी गुरुयोजना निर्माण गर्न पनि उनले सुझाव दिइन्।रासस   








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad