पर्यटकका लागि सात सय ७७ सिँढी

बुधबार, २५ भदौ २०७६, १८ : ५७ नागरिक

दैलेख- दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार दुई सय मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७ सय ७७ सिँढी निर्माण गरिएको छ।     

कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो। दुई किलोमिटर पदमार्गमा ७ सय ७७ वटा सिँढी निर्माण गरिएको छ भने ९ सय ८१ मिटर पदमार्ग निर्माण गरिएको छ।     

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गका लागि डिभिजन वन कार्यालय दैलेखमार्फत १८ लाख ४४ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको थियो।

उपभोक्ता समितिको जनश्रमदान चार लाख ६५ हजार ५ सय रुपैयाँ गरेर कूल २३ लाख १० हजार रुपैयाँमा उक्त पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले जानकारी दिए।     

पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदलयात्रा गरेर दमौडा पुग्ने पर्यटक र यात्रुलाई कालीकोटको सिमानासम्म पुग्न धेरै सहज भएको छ। हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने शिव महावुधाममा पुगेर फर्कने यात्रुका लागि पदमार्गले निकै सहज बनाएको अनुगमन समिति संयोजक पदमा योगीले जानकारी दिएका छन्।   

महावै गाउँपालिका र महावु गाउँपालिकाका स्थानीय सरकारले महत्वपूर्ण पर्यटकीयस्थल महावुमा पर्यटकको वासस्थान, फोटो खिच्नका लागि भ्यू टावर, पानी र शौचालयको बन्दोबस्त गर्न सके पर्यटकको आर्कषण झनै बढ्ने योगीको भनाइ छ।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad