आइतबारका दिन अपराधिक कृयाकलाप बढी

बुधबार, २५ भदौ २०७६, १७ : २३ नागरिक

भीमदत्तनगर- गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ।     

निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन्। निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) देखि विभिन्न टोली सक्रियरुपमा परिचालन भएका छन्।     

पछिल्लो समय बस्ती र टोल/टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ। गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन भएको देखिएको छ।

गत आव भर आइतबार मात्रै १ सय २२ आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बार कै आधारमा सोमबार १ सय ४ अपराध यहाँ भएको देखिन्छ। त्यस्तै शुक्रबार ९२, बुधबार ८८, मङ्गलबार ८४, बिहीबार ७३ र शनिबार ५७ अपराध गत आवमा भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।     

त्यसैगरी समयलाई आधार मान्दा कञ्चनपुरमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको बीचमा बढी त्यस्ता घटना गत वर्ष भएका थिए। उक्त कार्यालयले अपराधमा १६ देखि २५ वर्ष उमेर समूहका मानिस बढी सम्लग्न भएको देखिएको जानकारी दियो। गत वर्ष ६ सउ ३४ मुद्दा दर्ता भएकामा सो समूहका व्यक्ति ३ सय १४ अपराधमा संलग्न रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।     

“एकाध घटना चर्चामा आए पनि सुरक्षाका दृष्टिकोणले यो शान्त जिल्ला नै हो।” उनले भने, “समाजको सुरक्षा र अपराध नियन्त्रणका लागि हाम्रो सक्रियाता दिनहूँ बढिरहेकै छ।” प्रहरी नायब उपरीक्षक चन्दले प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिए।

“टोल र विद्यालयस्तरसम्म समिति गठन भएर बस्तीसम्म पुग्दैछौँ।” उनले भने, “समाजको सुरक्षाका निम्ति सबैले प्रहरीसित समन्वय र सहकार्यका निम्ति तयार हुनुपर्छ।” गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याबाट युवायुवतीले ज्यान गुमाएका थिए।     

“यहाँ १ सय ४५ जनाले गत वर्ष आत्महत्या गरे।” उनले भने, “आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती बढी थिए।” गत वर्ष जबर्जस्ती करणीका ३४ र जबर्जस्ती करणी उद्योगमा २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए। तीमध्ये तीनबाहेक अरु मुद्दाका अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको थियो।

त्यस्तै लागु औषधका ४२, कर्तव्य ज्यानका छ र ज्यानमार्ने उद्योगका २२ मुद्दा प्रहरीमा दर्ता भएका थिए। झण्डै पाँचलाख जनसङ्ख्या रहेको यस जिल्लामा प्रहरीले आफ्नो उपस्थिति पनि बढाउँदै लगेको जनाएको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

Ncell Footer Ad