१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार हमाल रिहा, १० महिनापछि चन्द र गुरुङले पाए अदालतबाट सफाइ

काठमाडौं – जनपत्रकार संगठन,नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन् ।

बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्चअदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।  पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

फेरि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो । भदौ ६ गते पक्राउ परेका हमाललाई अघिल्लो पटक राज्य विरुद्धको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुर्व्यवहारसम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो ।

पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिएका थिए।

जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरुसंग भेटघाट एवम छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गरेका थिए। मंगलबार रिहा भएका पत्रकार हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल,संगठनका केन्द्रीय महासचिव हिम विष्ट लगायतले स्वागत गरेका छन्।

पत्रकार चन्द र सञ्चालक गुरुङले पाए अदालतबाट सफाइ

बिद्युतिय कारोबार सम्बन्धी साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिद्युतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए । १० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो ।

न्यायाधिश बिदुर कोइरालाको एकल इजलासले पत्रकारद्वय चन्द र गुरुङलाई सफाइ दिएको हो । अदालतमा आज भएको बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए । सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गत मंसिर ११ गते पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनी १८ दिनको हिरासत बसाइपछि रिहाइ भएका थिए ।

प्रकाशित: २५ भाद्र २०७६ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App