१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अजय र मेलिनाको ‘मनको रहर’ सार्वजनिक (भिडियो)

काठमाडौं– कलाकार अजय अधिकारी ‘सुशील’को ‘मनको रहर’ एल्बम विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच मिरा राणा, उत्तम संजेल, गायक अजय र गायिका मेलिना राईले संयुक्त रुपमा एल्बम बिमोचन गरेका हुन्।  

म्युजिक भिडियोसहितको एल्बममा युवा पुस्ताबीचको मायाप्रेम समेटिएका गीत छन्। गीतमा शब्द, संगीत, स्वर अजयको छ। महिला स्वर मेलिना राईको रहेको छ।

‘मलाई माया गर्छु भन्दै सबलाई भन्दै नहिँड’को म्युजिक भिडियोमा वर्षा शिवाकोटी र गायक अजयकै अभिनय छ। निर्देशन निकेश खड्का र संयोजन योगेस काजीले गरेका छन्। एल्बमलाई  उनी इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो।

जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक गर्दै आएका अजयले छैटौं एल्बम पनि जन्मदिनकै दिन शनिवार सार्वजनिक गरेका हुन्। अजयले यसअघि ५ वटा एल्बम सार्वजनिक गरिसकेका छन् ।

युवा पुस्ताले मायाप्रेमलाई फेशन जस्तो ठानी प्रेमीपे्रमिकाका तस्बिर सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक गर्दा बिछोड पनि हुन सक्ने र विछोडपछि जीवनमा नकारात्मक असरलाई गीतमार्फत सन्देश दिन खोजिएको अजयले बताए।

भिडियाे

प्रकाशित: ३ मंसिर २०७३ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App