नेकपामा विवादै विवाद

बुधबार, २५ भदौ २०७६, ०८ : ०६ टपेन्द्र कार्की

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो।

नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि पछिल्लो सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने निर्णयसमेत गर्नुपरेको थियो। ५ भदौमा पार्टी अध्यक्ष ओली उपचार गर्न सिंगापुर जाने क्रममा ओली नेपालबीच भएको विवादको विषय बाहिर आएसँगै केन्द्रीय नेताहरू नै पक्ष–विपक्षमा उत्रिन थालेपछि सचिवालयको पछिल्लो बैठकले त्यस्तो निर्णय गर्दै आन्तरिक सर्कुलरसमेत पठाएको थियो।

स्थायी कमिटीदेखि केन्द्रीय सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटी तथा अन्य विभागीय प्रमुखसमेत ओली, दाहाल, नेपाल, श्रेष्ठ र थापा समूहमा विभाजित भएका छन्। गुटको समीकरण नमिल्दा पछिल्लो तीन सातायता ओली नेपालको बोलचालसमेत बन्द भएको छ। सचिवलाय बैठकमा अझै भागबन्डा नमिल्दा केन्द्रीय आयोगका प्रमुख तोकिएका छैनन् भने प्रवास कमिटी पनि बन्न सकेको छैन। त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च पनि गठन हुन सकेको छैन। युवा संघ नेपालको केन्द्रीय सदस्य तोकिएका छैनन् भने प्रेस संगठन नेपालको पनि भागबन्डा मिलेको छैन। त्यसैगरी, प्रदेश ७ को सम्पर्क कमिटी र सम्पर्क मञ्च पनि बन्न सकेको छैन। गुटकै समीकरण नमिल्दा काठमाडांै जिल्लाले आफ्नो तहगत कमिटी बनाउन सकेको छैन।

जिल्ला नेतृत्वमा केन्द्रीय नेताहरूले आफू निकटका नेताहरूलाई कमिटीमा राख्न खोजेका कारण विवाद बढ्दै गएको छ। अधिकांश जिल्लाले मातहतका कमिटी पूरा गर्न सकेका छैनन्। ओली पक्षले नेपाल पक्षलाई पेलेर कुनै जिम्मेवारी दिन नखोजेको भन्दै केन्द्रदेखि जिल्ला तहसम्म नेपाल पक्षको गुनासो बढिरहेकै बेला पूर्व माओवादी समूहले भने यसको फाइदा उठाउँदै आफ्ना पक्षका नेतालाई समायोजन गरिसकेको छ। विधि र प्रक्रिया मिचेको भन्दै नेपाल पक्षले एक पद एक व्यक्तिको अवधारण अनुरूप पार्टी चलाउनुपर्ने माग उठाइरहेका छन्।

नेपालपक्षीय नेताले चार महिनाअघि केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने भन्दै दुई अध्यक्षलाई ज्ञापनपत्र समेत बुझाएका थिए। तर त्यसको सुनुवाइसमेत भएन। पार्टी एकीकरण भएपछि एकपटक केन्द्रीय कमिटीको बैठक बसेको थियो भने एक पटक स्थायी कमिटी बैठक बसेको थियो। ६÷६ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक आठ महिना पुगिसक्दा पनि अझै बस्न सकेको छैन। विवादकै कारण पार्टी एकताको बाँकी काम पूरा गर्नु बस्नुपर्ने सचिवालयको बैठकसमेत दुई सातादेखि रोकिएको छ। धेरै मुद्दामा शीर्ष नेता नै अलमलमा रहेका छन्।

पार्टीको कार्यदिशा जनताको बहुदलीय जनावाद हुने कि जनताको जनावाद हुने भन्ने विषयमा बहस कायमै छ। पार्टीका दस्ताबेजमा उल्लेख गरिएका संठनात्मक एकीकरण, वैचारिक र भावनात्मक एकताको सुदृढीकरण, विशेष अभियान, सबै सरकारको प्रभावकारी परिचालन, समृद्धिको योजना, प्रभावकारी प्रचार कार्य, सुशासन, संघीय संरचनाको सञ्चालन, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, पार्टी स्कुल, पार्टी पंक्तिलाई उत्पादन कार्यमा आवद्ध तुल्याउने जस्ता कार्यभारलाई समेत पार्टीले अगाडि बढाउन सकेकको छैन।

पार्टी र सरकारबीच समन्वय अभाव भएको भन्दै सरकारले गरेका कामको अझै पनि पार्टी पंक्तिले त्यसको प्रचार प्रसार गर्न सकेको छैन। सरकारका तर्पmबाट ल्याइएका नीतिगत निर्णय तथा बजेट बाँडफाँटबारे केन्द्रीय सदस्य र सांसद नै विभाजित भएका छन् भने सरकारले ल्याएका कतिपय विधेयकसमेत विवादित बनेको विषयमा नेकपाका नेता कार्यकर्ताले समेत खेलेर सरकारको पक्षपोषण गर्न सकेका छैनन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad