१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।

नयाँ शक्तिका विद्यार्थीहरुले शुक्रबार माइतिघर मण्डलामा भेला भई सरकारको उक्त निर्णयको विरोध गरे। उनीहरुले चिकित्सा शिक्षाको सुधारको माग गर्दै १० औं पटक अनशनरत डा. गोविन्द केसीका माग तुरुन्त पुरा गर्न समेत माग गरे। उनीहरुले उपचार खर्चको नाममा नेताहरुलाई दिइने रकम सुविधा खारेज गर्न समेत माग गरे। नागरिकहरुको स्वास्थ्य बिमा को ब्यावस्था गर्न पनि सरकारसँग माग गरेका छन्।  ‘नेताको उपचार सरकारले, जनताको उपचार कसले ?’ भन्ने प्लेकार्ड बोकेका थिए। विश्वाविद्यालय मा राजनीतिक भागबन्डा अन्त्य गर्न समेत उनीहरुको माग छ।

 

प्रकाशित: ३ मंसिर २०७३ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App