१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

चितवन- अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ।

थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जनाएको छ। अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ।     

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो।

गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाएका थिए।

थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन्।रासस

प्रकाशित: २४ भाद्र २०७६ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App