१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पौडेललाई कार्याकर्ताले सोधे– ‘संविधान संशोधनमा किन ढिलाई ?’

बारा– कार्यकर्ता भेटघाट कार्यक्रमका लागि बारा आएका नेपाली कँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्लाका स्थानीय नेता तथा कार्याकर्ताहरुले मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाई बारे प्रश्न सोधेर हैरान पारेका छन्।

काँग्रेस बाराको पार्टी कार्यालय कलैयामा शक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला कार्य समितिका कोषअध्यक्ष चन्द्रशेखर यादवले मेधसी मोर्चाले काँग्रेस एमालेजस्तै मधेस विरोधी रहेको भन्दै प्रचार गरिएको अवस्थामा मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अगाडी बढाउनुमा काँग्रेसले किन ढिलाई गरेको भनेर प्रश्न गरेका थिए।

मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया संसदमा अगाडी नबढाउँदा काँग्रेस पनि मधेसीलाई अधिकार दिने पक्षमा नरहेको भन्दै नराम्रो कुराहरु काँग्रेसका बारेमा भइरहेकोले काँग्रेसले नेतृत्व गरेर संविधान संशोधन गर्ने कार्यमा अगाडी बढनु पर्ने सुझाव यादवले दिए।

कार्यक्रममा बोल्दै अर्का काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले मधेसको जनता जहिले पनि काँग्रेसको साथमा रहेकोले गर्दाै काँग्रेसले मधेसका आफना कार्यकर्तालाई जोगाउनको लागि संविधान संशोधनमा ढिलाई गर्न नहुने तर्क गरे।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु रमेश रिजाल, अफताब आलम, बारा सभापति जयचन्द चौरसियालगायतकाले मधेसका जिल्लाहरुमा  एमाले कमजोर रहेकोले काँग्रेसलाई पनि कमजोर बनाउने खेलमा एमाले लागेकोले त्यसमा सर्तक हुनु पर्ने बताएका छन्।

स्थानीय नेता तथा कार्याकर्ताहरुको प्रश्नको जवाफमा नेता पौडेलले हाल एमालेको अवरोधका कारण मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधनमा ढिलाइ भएको आफनो तर्क राखे।
 

प्रकाशित: ३ मंसिर २०७३ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App