१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

file photo

भक्तपुर- पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन्।     

भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आज यहाँ भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।     

कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासङ्घका केन्द्रीय अध्यक्ष लीला जिसीले साना व्यवसायीलाई करको चाङ थोपरिएको आरोप लगाए। व्यवसायीलाई सेवा र सुविधा नदिने तर तीन तहको तेब्बर कर तिर्नुपर्ने बाध्यात्मक अवस्थाले व्यवसाय नै धराशायी बनेको बताउँदै उनले पार्टी प्यालेसहरुमा कार्यरत एक लाख ५० हजार मजदुरको रोजगारी समेत धरापमा परेको बताए।     

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए।     

कार्यक्रममा सङ्घका अध्यक्ष सचिन श्रेष्ठले भक्तपुरमा निर्माण भइरहेको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग रकम भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे।

साथै, उनले महासङ्घको अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे।रासस   
 

प्रकाशित: २४ भाद्र २०७६ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App