काठमान्डौं – वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै विभेद सुरु हुने गर्छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई अध्यागमनमै त्यस्तो विभेद हुने गरेको देखिन्छ। रोजगारका लागि विदेश प्रस्थान गर्नेहरुको संख्या अनुसार अध्यागमन डेक्स नछुट्याँइदा श्रमिकहरुले पहिलो पाइलाबाटै दु:ख व्यहोर्नु पर्ने हुन्छ।
कुटनीतिक, विद्यार्थी, पर्यटक तथा व्यवसायिक प्रयोजनमा जानेहरुका डेक्स खालि हुँदा पनि श्रमिकहरु एकै डेक्समा लामो लाइन बस्न बाध्य हुने गर्छन्। देशको मुख्य आय स्रोत रेमिट्यान्स भित्र्याउने श्रम शक्तिलाई अध्यागमनले लामो लाईनमा राखेर दुःख दिने गरेको हो। विमानस्थल अध्यागमनका अन्य डेक्स खाली रहँदा पनि रोजगारीमा जनेहरु सिमित डेक्समा लामो लाइन सहित पर्खाइमा बस्नुपर्ने बाध्यता छ। पर्यटकका लागि छुट्याइएका डेक्स खाली रहँदा पनि श्रमको लागि विदेश जानेहरुका लागि ति डेक्स प्रयोग गरिएको हुँदैन।
श्रमिकका लागि अध्यागम मै विभेद हुने गरेको श्रम विभागका अधिकारीहरु स्वीकार्छन । ‘यो अध्यागमन विभाग र नागारिक उड्यायन प्रधिकरणसंग सम्वन्धित विषय हो’ श्रम विभागका प्रवक्ता भोलानाथ गुँरागाई भन्छन्,‘तर श्रमका लागि विदेश जानेहरुका लागि अध्यागमन मै समस्या झेल्नु परेकोछ।’ उनले समस्या सुल्झाउन अध्यागमनसंग सहकार्यको गरिरहेको बताए।
‘श्रमिक, विद्यार्थी, पर्यटक, अन्तराष्ट्रिय पर्यटकका लागि एकै मार्ग हुनुपर्ने हो तर अहिले त्यो अवस्था छैन’ प्रवक्ता गुराँगाई भन्छन, ‘त्यसका लागि अध्यागमनले अनलाईन सिस्टम इन्ट्रिग्रेटेड प्रणालिलाई नै सुधार गर्न जरुरी छ।'
यता अध्यागमन विभाग भने आफुहरुले श्रमिक र अन्यका लागि कुनै विभेद नगरेको दाबि गर्छ। ‘विदेश प्रस्थान गर्ने जो कोहीलाई पनि दुवै मार्ग प्रयोग गर्न निर्देशन दिएका छौं’ अध्यागमनका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, ‘निर्देशन पालना भए/नभएको हामी बुझेर मात्रै बाँकी कुरा बताउन सक्छौ।’ प्रविधिक समस्याका कारण भने समस्या आएको हुन सक्ने उनको तर्क छ।
‘निर्माणधिन बुटिक एयरर्पोटलाई नै साथ दिने गरि प्राविधिक तथा भौतिक सुधारका काम अघि बढाएका छौ’, प्रवक्ता तिवारी भन्छन्, ‘दुई/तीन महिना भित्रै अनलाईन सिष्टम इन्ट्रिगेटेड लगायतका प्रविधिक पक्षमा सुधार गर्नेछौ।’ यसले श्रमिक, विद्यार्थी तथा पर्यटकले भोग्दै आएको समस्या नदोहोरिने उनको दावी छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले दुई महिना भित्र आन्तरिक संरचना सुधार गर्दै अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको लक्ष्य राखेको छ। उक्त परियोजनाले पुराना संरचाना, विस्तापित गर्नेदेखि वायोमेट्रिक जाँचसम्म अध्यागमन मै गर्ने योजना राखेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत