१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्यानकै जोखिम मोलेर गर्भपतन

जिल्ला अस्पताल रोल्पा

रोल्पा - रोल्पा अस्पताल लगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा ‘मेडिकल एर्बोसन’ अर्थात औषधीको प्रयोगबाट ९ हप्ता सम्मको अनिच्छित गर्भपतनको निशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्ता सम्मको क्लीनीकल अर्थात उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको निशुल्क सेवा पनि छ। तर विधि कारणले यहाँका किशोरीहरुले असुरक्षित गर्भपतन गराई रहेका छन्। गर्भपतन गराउने थाहा पाएकाले गर्भनिरोधका बारेमा जाने पनि प्रयोग भने गर्दैनन्।

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले मँहङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनिहरु अझै सरकारी संस्थाको निशुल्क र भरपर्दो सेवा लिदैनन्। निजी अस्पताल र मेडिकलमा कुनै जाच बिना गैरकानुनी रुपले औषधीको कारोवार भइरहेको छ। जिल्ला अस्पतालको एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ५९ जना बिरामीलाई रगत चढाउनु परेकोमा १६ जना असुरक्षित गर्भपतनपछि भएको अत्याधिक रक्तश्रावका कारण रगत दिनु परेको थियो।

‘हामीले बोल्ने भन्दा पनि तथ्याङ्क बोल्ने हो। रोल्पामा असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै छ।’ रोल्पा अस्पतालका डा. प्रकाश बहादुर बुढा भन्छन ‘सरकारी स्वास्थ्य सस्थामा गोपनियता हुदैन कि भन्ने त्रासले उनिहरुले निजी अस्पताल वा मेडिकलबाट औषधी किनेर खाने गरेका छन।’ प्राय जसो अविवाहित किशोरीहरुमा यो समस्या देखिएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन।

परिवार नियोजनका साधनका बारेमा प्रयाप्त जानकारी नहुनु र सामाजिक डर त्रासले असुरक्षित गर्भपतन बढेको हो। अत्याधिक रक्तश्राव छि रगत नै दिनु पर्ने बिरामीको संख्याभन्दा अझ धेरै महिलाहरु गर्भपतन सम्बन्धका अन्य समस्या लिएर अस्पताल आउने गरेका छन। डा. प्रकाश भन्छन ‘नजिकको स्वास्थ्य सस्थामा भएको सेवा उपभोग नगर्दा रोल्पाली महिलाले थप दुख पाइरहेका छन। सकेसम्म गर्भनिरोधका साधनको जानकारी दिनुपर्छ। त्यसपछि पनि कहिले कतै अनिच्छित गर्भ रहेमा नजिकको स्वास्थ्य सस्थामा निशुल्क गर्भपतनको सुविधाको बारेमा जानकारी दिनु पर्छ।’

गत आर्थिक वर्षमा रोल्पाका विभिन्न स्वास्थ्य सस्थामा ७ सय ६५ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारिक तथ्याङ भए पनि असुरक्षित गर्भपतन गराउनेको संख्या त्यो भन्दा ठूलो छ। निजि अस्पताल वा मेडिकलमा गएर औषधी खाएपछि रगत बगाउदै जिल्ला अस्पताल आउने गरेको स्टाफ नर्स मिना कवर बताउँछिन। सुलिचौर प्राथमिक केन्द्रका डा. प्रकृती भट्राईका अनुसार असुरक्षित गर्भपतनले जिल्लामा बिगबिगी मच्चाएको छ।

अमेरिकी एक सस्था गट्माकर ईन्सिच्युटको तथ्याङ्क अनुसार विश्वमा वार्षिक लगभग २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन्। यसमा अधिकांश विकासोन्मुख देशमा महिला पर्दछन। प्रतिवर्ष करिव ४४ हजार महिलाहरुको असुरक्षित गर्भपतनका कारण ज्यान जान्छ। मातृ मृत्यूको ७.९ प्रतिशत ‐५ देखि १३ प्रतिसत सम्म) मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गर्दछ।

गट्माकर ईन्सिच्युटले सन २०१४ मा गरेको रिसर्च अनुसार नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनको कारणले हुनेगरेको छ भने हरेक बर्ष करिव ३ लाख ३२ हजार महिलाहरुले गर्भपतन गराउँछन्। ईन्सिच्युटका अनुसार प्रति बर्ष १ लाख ८६ हजार १ सय ४४ महिला÷किशोरीले असुरक्षित गर्भपतन गर्ने गर्दछन्। ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्छन्।

नेपालको संबिधान, २०७२ ले महिलाको हक अन्र्तगत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुनेछ भनेर ब्यबस्था समेत गरेको छ। तर गाउँमा आएको भनिएको स्थानिय सरकारले गर्भपतनका बारेमा जानकारी मुलक कार्यक्रम र परिवार नियोजन सम्बन्धी चेतना बढाउने गतिलो कार्यक्रम नै ल्याएका छैनन्। त्यसो त रोल्पामा केहि बर्ष यता परिवार नियोजन साधन प्रयोगकर्ताको दर पनि घट्दो क्रममा रहेको छ। महिला÷किशोरीका स्वास्थ्य लक्षित कार्यक्रमहरु गाउँ टोलमा पुग्न नसक्दा आमा बच्चाको ज्यान जोखिममा परिरहने गरेको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App