१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मंगलबार पेट्रोलियम पाइपलाईन उद्घाटन

वीरगञ्ज  – दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्विच थिची सो पाइपलाइनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

‘पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ प्रवक्ता गोइतले भने, ‘नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्विच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु हुनेछ।’ उक्त उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पाेरेसनको मोतिहारी डिपोबाट प्रत्यक्षरुपमा हेर्नसक्ने व्यवस्था स्क्रिनमा गरिएको बताइएको छ।

उद्घाटनपछि तत्काल बरौनी डिपोबाट डिजेल आउने छ। २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो। २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्विच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।(रासस)

प्रकाशित: २४ भाद्र २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App