१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भाइरल ज्वरोको अस्पतालमै राम्रो उपचार नपाउँदा एकको ज्यान गयाे

जाजरकोट– भाइरल ज्वरोले विरामी भएर अस्पताल भर्ना भएकी एक स्कुले छात्राको ज्यान गएको छ। राम्राे उपचार अभावका कारण टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र रुघा लाग्ने समस्याबाट ग्रसित बारेकोट गाउँपालिका–६ टाँसीधुमकी १४ वर्षीया आशा विकको उपचार अभावमा मृत्यु भएको हो।

एक साताअघि जाजरकोट अस्पतालमा भर्ना भएकी आशा खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ म अध्ययनरत थिइन्। जाजरकोट अस्पताल र चौरजहारी मिसन अस्पतालमा उपचारका लागि लगिएकी आशा निको हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त गणेश विक नागरिक न्यूजलाई जानकारी दिए।

भाइरल ज्वरोबाट पीडित आशालाई चार पाँच दिन जाजरकोट अस्पतालमा र एक दिन मिसन अस्पताल चौरजहारीमा राखिएको तर उपचार हुन नसकेपछि नेपाल गञ्ज रिफर गरिएको थियो। ज्वरोको कारण मृत्यु भएकी आशाका बुबा आमा केहि वर्षदेखि भारतको सिम्लामा मजदुरी गरिरहेका छन्।

सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा पढ्नका लागि आशा सदरमुकाम खलंगाको थाप्लेचौरमा आफन्तसँग बसिरहेकी थिइन्। मौसम परिवर्तनको क्रममा फैलिएको मौसमी रुघाखोकी तथा ज्वरोका कारण अस्पतालमा बिरामीहरु बढ्न थालेको स्वास्थ्यकर्मी तथा डाक्टरहरु बताउँछन्।

खानपिन र स्वास्थ्यको राम्रो ख्याल गरेमा मौसमी रुघाखोकीबाट बच्न सकिने  जिल्ला अस्पताल जाजरकोटका डाक्टर केसरजंग कार्कीले बताए। उनले अस्पतालमा आउने अधिकांश बिरामीहरु अहिले मौसमी रुघाखोकीका भएको बताए। समयमै गतिलो हेरचाह र उपचार नगरे  मौसमी रुघाखोकीले समस्या पार्न सक्ने पनि उनले बताए। 

प्रकाशित: २३ भाद्र २०७६ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App