१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हेलिकप्टर आकस्मिक अवतरण

दैलेख- सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ।

आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ।     

बिहान ७ बजेर ३० मिनेटमा बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए।

हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए। दैलेखमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ।रासस

प्रकाशित: २३ भाद्र २०७६ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App