१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

बैतडी- मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। यहीं भदौ १९ गतेदेखि मालपोत कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन्।

कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ। कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकाले सोही भवनमा कार्यालय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिए।     

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए।

नयाँ भवनमा कार्यालय सार्नका लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ देखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ।     

मालपोत कार्यालयले दिने सेवाहरु भदौ २५ गतेबाट नियमितरूपमा गढीबाट सञ्चालन हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिए।रासस   
 

प्रकाशित: २३ भाद्र २०७६ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App