१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्थतन्त्रलाई बदनाम गराउने प्रयास बन्द गर्न अर्थमन्त्री खतिवडाको चेतावनी

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने पनि बताएका हुन्।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाईदा नपु¥याउने पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भईरहेकोमा आपत्ति पनि जनाए।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए। उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी पनि गरे।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताए।

प्रकाशित: २२ भाद्र २०७६ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App