वर्णविन्यास अनुसार हिज्जे उच्चारण प्रतियोगिता

शनिबार, २१ भदौ २०७६, १६ : २६ नागरिक

पोखरा– विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थी त्यसको वर्णविन्यास अनुसार हिज्जे उच्चारण गरिरहेका हुन्थे। अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थीहरू त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द फटाफट भन्थे। घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउँदैनथे। वाक्यभित्रको शब्दमा रेखाङ्कन गरी त्यसको शब्दवर्ग छुट्याउन लगाइन्थ्यो, विद्यार्थीहरू एकछिन गम खान्थे र उत्तर दिन्थे। जब प्रश्न खस्थ्यो, प्रतिस्पर्धी विद्यार्थी खासखुस गर्न थाल्थे भने अन्य उपस्थितहरू निकै शान्तपूर्वक बसेका देखिन्थे। बिहान करिब १० बजेबाट सुरु भएको यो गतिविधि साँझ ६ बजेसम्म पनि निरन्तर थियो। 

यो दृश्य हो, नेसनल प्याब्सन कास्कीले आयोजना गरेको ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थलाई मनन गरी उसले कार्यक्रम आयोजना गरेको थियो। हाजिरीजवाफको शैलीमा विद्यार्थीलाई वर्णविन्यासदेखि शब्द हुँदै वाक्य स्तरका ज्ञानका तहमा समेटी सि¨ो कार्यक्रमलाई विभिन्न चरणमा बाँडिएको थियो। उक्त चरणहरूमा हिज्जे चरण, पर्यायवाची÷विपरीतार्थी चरण, अन्ताक्षरी चरण, पदवर्गा चरण, कोठेपद चरण, अनुवाद चरण, अक्षरमिश्रित चरण, द्रुतगति चरण, सङ्केत चरण गरी कुल नौ चरणमा बाँडेर प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरिएको थियो। 

नेपाली भाषालाई केन्द्रमा राखेर यस प्रकारको वृहत् कार्यक्रम प्रतियोगिताका रूपमा सम्भवतः नेपालमै पहिलोपटक संस्थाले आयोजना गरेको दावी गर्दै नेसनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले निजी विद्यालयहरू नेपाली भाषामा कमजोर रहेको आरोप विलकुल निराधार रहेको बताए। विविध कार्यक्रममा सहभागिता, विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क आदिका आधारमा मूल्याङ्कन गर्न चुनौती दिँदै भाषालाई संस्था अन्तर्गतका विद्यालयले स्थापनाकालदेखि नै विशेष जोड दिँदै आएको बताए। उनले हरेक विषयमा निजी विद्यालयहरू गुणस्तरीय शिक्षा दिनका लागि सधैँ मरिमेटेर लागेको बताए। 

संस्थामा विज्ञका रूपमा उपस्थित नेपाली भाषा शिक्षक परिषद्, कास्कीका अध्यक्ष डोलराज अर्यालले नेपाली भाषामा आधारित रहेर यस प्रकारको वृहत् कार्यक्रम नेपालमै पहिलो पटक आयोजना भएको बताए। 

३६ विद्यालय सहभागी भएको कार्यक्रममा एलपी देवकोटा मेमोरियल स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। त्यसैगरी अञ्जुली आवासीय मा.वि. द्वितीय, सिद्धिविनायक बोर्डिङ स्कुल तृतीय र चिल्ड्रेन्स एकेडेमीले चतुर्थ स्थान प्राप्त गर्न सफल भएको कार्यक्रम संयोजक एवम् नेसनल प्याब्सनका सह–क्रियाकलाप संयोजक एवम् संस्थाका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए। 

भाषाका विविध आयामलाई समेटेर प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी नेपाली भाषा शिक्षक परिषद् कास्कीले लिएको थियो। प्रतियोगितालाई भाषा विज्ञका रूपमा विज्ञहरू डोलराज अर्याल, बिक्रम पौडेल र डिल्लीराम अर्यालले सहजीकरण गरेका थिए। अध्यक्ष मोचीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनकाजी गुरुङले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले गरेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad