१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगर प्रहरी निरीक्षकसहित थप दुई पक्राउ

फाइल तस्बिर

सुर्खेत - नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख पठाउन लागिएका मध्ये ३७ गाईहरु सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको विषयमा अनुसन्धानका लागि सुर्खेत प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्य बोगटी र गाई पठाउने ठेक्का पाएको चितवन क्यारियरका सञ्चालक सन्तृप्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार नगर प्रहरीका प्रहरी निरीक्षक बोगटी गाई पु-याउनका लागि खटिएका कर्मचारी हुन्। उनी गाई भिरबाट फालिएको स्थान कटकुवासम्म पुगेका थिए। बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बशन्त रजौरेले जानकारी दिए। ‘पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघाडी बढाएका छौं,’ उनले भने, ‘गोबन प्रकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गछौं।’

नेपालगञ्ज उपमहानगरपालिका–२१ स्थित काञ्जी हाउसबाट दैलेख लिन लागिएका दुई सय ९१ गाई मध्ये भदौ १३ गते बिहान सुर्खेतको भेरीदेखि कटकुवासम्मका विभिन्न स्थानमा ३७ गाईहरु मृत भेटिएका थिए। केही ठाउँमा गाईहरुलाई भिरबाट खसालिएको थियो। शुक्रबार बेलुकासम्म २२८ गाई नेपालगञ्ज फिर्ता पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि पाँच वटा ट्रक र तिनका चालक तथा दुई सहचालकलाई यसअघिनै पक्राउ गरेर अनुसन्धान सुरु गरिरहेको छ।

प्रकाशित: २१ भाद्र २०७६ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App