१५ हजार रोपनी जग्गा अतिक्रमण

शनिबार, २१ भदौ २०७६, ११ : ०८ नागरिक

पर्वत - उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ ।

सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भीष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत लिलाधर सुवेदी रहने गरी समिति गठन गरेर जग्गाको खोजीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

समितिले पहिलो चरणमा गाउँपालिकाको वडा नं ३, ४, ७, र ८ गरी जम्मा ४ वटा वडाको वेनी मालढुङ्गा सडकखण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गर्ने कार्य सम्पन्न गरिसकेको छ । यी वडामा सरकारी जग्गाका ३८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २८२ रोपनी रहेको तथा उक्त जग्गा हालसम्म ब्यक्तिले आवासको लागि पक्की घर निर्माण गर्नुको साथै खेतीबाली लगाई उपयोग गर्दै आएको भेटिएको संयोजक भीष्म मल्लले जानकारी दिए ।

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

दोस्रो अभियानअन्तर्गत जग्गालाई कानूनबमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने सोचअनुरुप यही भदौ महीनादेखि समितिले अभियानको रुपमा सबै वडामा जाने गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधार सुवेदीले जानकारी दिए । सार्वजनिक जग्गा व्यक्तिले अवैधरुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सक्रियता देखाएको हो ।

यसमा स्थानीय जनप्रतिनिधिसमेत सक्रियरुपमा लागेका छन् । पालिकाले सबै सार्वजनिक वा सरकारी जग्गालाई एकत्रित गरेर उपभोगका लागि नयाँ नीति लागू गर्ने जनाएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad