१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकार हमाललाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं – पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो।

हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो।

दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। हमाललाइ प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपासँग नजिक भएकाेभन्दै भदौ ६ गते पोखराको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो।

हमाल जनसञ्चार डटकमका सम्पादक सम्पाद तथा जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य समेत हुन्।  राजनीतिक आस्थाकै आधारमा हमाललाई पक्राउ गरिएपछि त्यसको व्यापक विरोध भइरहेकाे छ। पत्रकार हमाल पत्रकार महासंघ कास्कीमा साधारण सदस्य समेत हुन्।

प्रकाशित: २१ भाद्र २०७६ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App