काठमाडौँ- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगी सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ। गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो।
महाशाखा प्रमुख डा. विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित छ करोड १७ लाख रुपैयाँ खर्च पठाइएको जानकारी दिए। आज यहाँ आयोजित ‘डेंगी सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि एक करोड ६६ लाख रुपैयाँ खर्च पठाइएको बताए।
विशेषज्ञ डा. बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ।
एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए।रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत