१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरुः मन्त्री भट्टराई

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन्। शुक्रबार काठमाडौंमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देश भित्र संचालनमा रहेका सबै विमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताएका हुन्।

काठमाडौंलगायत देशभित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने बताए। सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले जनायो। यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा सामान ल्याउने गरिन्थ्यो र वायु सेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउथे। अब यो सबै झन्झट हटेको छ।

प्रकाशित: २० भाद्र २०७६ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App