१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ३ को राजधानी हेटौंडानै हुनुपर्छ : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने दावी गरेका छन्।

अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।

चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो गृह जिल्ला मात्र नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे।

 अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौंडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क पनि गर्नु भयो।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग पनि दोहोर्याए।

प्रकाशित: २० भाद्र २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App