१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्तराष्ट्रिय निजगढ विमानस्थलको अर्को विकल्प छैन्ः मन्त्री भट्टराई

काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रस्तावित दाेस्राे अन्तराष्ट्रिय निजगढ विमानस्थलको विकल्प अरु नभएको बताएका छन्। नेपाल वातावरणमा पत्रकार समूहद्वारा आज राजधानीमा आयोजित  कार्यक्रममा प्रस्तावित निजगढ विमानस्थलको एआइए प्रतिबेदन सार्वजनिक गर्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताएका हुन्।

निजगढ विमानस्थल निर्माण गर्नु भनेको वातावरणलाई विनास गर्नु नभएको पनि उनले बताए। साथै उक्त विमानस्थल निर्माणका क्रममा कमसेकम क्षती हुने समेत उनको भनाई छ। यस्तै, सो विमानस्थल निजगढमा नभएर बाराको कोलबी भन्ने स्थानमा रहेको मन्त्री भट्टराईले भने। 

हाल एकमात्र अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले चाप थेग्न नसक्ने र आउँदो २०२० देखि २२ सम्म जसरी पनि अर्को विमानस्थल सुचारु गरी सक्नु पर्ने बाध्यता रहेको पनि उनले बताए। सरकारले दश पुस्ताको लागि नभएर सयौं पुस्ताले सम्झने गरी उक्त विमानस्थल बनाउन लागिएको उनले प्रष्ट पारे।

’विमानस्थल निजगढमै बन्छ, बरु कम भन्दा कम रुख काटिन्छ, सरकारले यो विमानस्थल बनाउने विषयमा पर्याप्त अध्ययन गरेको छ’, उनले भने, ’आवश्यक क्षतिपूर्ति बुझाएरै भएपनि विमानस्थल बनाइन्छ, हामी सम्बन्धित विज्ञहरुसँग छलफल गर्दै अघि बढ्ने छौं, भोलीका पुस्ताका लागि हेरेर एअरपोर्ट बन्छ।’

प्रकाशित: १९ भाद्र २०७६ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App