१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहकारीको पैसा हिनामिना गरेको भन्दै वडाध्यक्ष पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी

नेपालगन्ज- सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम अपचलन भएको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गर्दै आएको थियो।

सोही मुद्दाको आवश्यक अनुसन्धानका लागि तत्कालिन सञ्चालक समितिमा रहेका वडाध्यक्षद्धय पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) वीरबहादुर ओलीले जानकारी दिए। ‘सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्‍यौं,’ उनले भने ‘प्रहरीले उहाँहरुलाई खोजीरहेको छ, तर सम्पर्कमा हुनुहुन्न।’

स्रोतका अनुसार प्रहरीले पक्राउ पुर्जी जारी गरेको सुईको पाए लगत्तै दुबै जना फरार भएका हुन्। वडाध्यक्ष पाठक र बर्मा भारततर्फ फरार भएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए, भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा आवद्ध रहेका थिए।

अभियोग लागेपनि उनीहरुले के कति रकम अपचलन गरेका छन् भन्ने कुराको तथ्य अनुसन्धानपछि मात्रै खुल्ने एसपी ओलीले बताए। सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि बाँके प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमारलाई पनि नियन्त्रणमा लिएको थियो।

 

 

 

 

प्रकाशित: १८ भाद्र २०७६ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App