१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसियन र चैतन्यको जित

काठमाडौं – १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार सिनियर ब्वाइजतर्फ एसियन र चैतन्यले जित हात पारेका छन्।

एकतर्फी खेलमा एसियनले विज किड्सलाई ५७–२१ ले पराजित गरेको हो।  एसियनका पारस र मोहितले सर्वाधिक समान १६ अंक स्कोर गरेका थिए। यस्तै अर्को खेलमा चैतन्यले सेवा सदनलाई १७–८ को स्कोर स्तब्ध बनायो। चैतन्यका समीर लम्सालले सबैभन्दा धेरै ७ स्कोर गरे। सिनियर ब्वाइजतर्फ मंगलबार नै भएको अर्को खेलमा हेम्सले न्यु डनबस्कोलाई २३–१० तथा लिटिल फ्लावरले स्नो एपेक्सलाई २३–१६ ले पराजित गर्दै अघिल्लो चरण पार गरे।

हेम्सका सुब्रद रायले सर्वाधिक ६ तथा लिटिल फ्लावरका विज्ञान अधिकारीले सर्वाधिक १५ अंक जोडे।जुनियर ब्वाइजतर्फ भने काठमाडौं जेभियरले लिटिल फ्लावरलाई ११–५ को  स्कोरले पराजित ग¥यो। काठमाडौं जेभियरका आदित्य अधिकारीले सर्वाधिक १० स्कोर गरे।

प्रतियोगिताअन्तर्गत मंगलबारै सम्पन्न सिनियर गल्र्समा स्पाङ्गेलले चैतन्यलाई ९–२, एसियनले केइएसलाई १५–६, स्वप्न वाटिकाले काठमाडौं नेसनललाई १८–६ र अक्सिडेन्टलले एआइएलाई ५–३ ले पराजित गरे। स्पाङ्गेलकी रेसिका केसीले ६, एसियनकी आस्था महर्जनले १०, स्वप्न वाटिकाकी आरजु चहरले ८ र अक्सिडेन्टलकी एलिनाले ४ अंक जोडे।

प्रकाशित: १८ भाद्र २०७६ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App