चोरीका मोबाइलसहित तीन पक्राउ

बुधबार, १८ भदौ २०७६, ११ : २१ नागरिक

भक्तपुर- महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।     

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित र भारत नयाँदिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका–५ बालकुमारीमा फ्याल्ट भाडामा लिई बस्ने ३३ वर्षीय सत्य प्रकाश रहेका छन्।     

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८ सय ४०, नेपाली ६२ हजार ७ सय ४४ रुपैयाँ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।     

नेपाल र भारतका विभिन्न स्थानबाट चोरी गरिएका मोबाइल सत्य प्रकाशले जम्मा गरी रञ्जितकुमारलाई बिक्री गर्ने र रञ्जितकुमारबाट उक्त सेटहरु लामिछानेले खरीद गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए।     

प्रहरीले मोबाइल चोरीमा प्रयोग गर्ने भडीएल १ सीजेट ४५५३ नम्बरको भारतीय सवारीसाधन समेत नियन्त्रणमा लिएको जानकारी दिँदै उनले पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको बताए।रासस     

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad