१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित सामान नियन्त्रणमा

सोलुखुम्बु – सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट भित्रिँदै गरेको प्रतिबन्धित अल्कोहलजन्य पेय पदार्थ नियन्त्रणमा लिइएको छ। सोलुदुधकुण्ड नगरपालिका, सल्लेरीले प्रयोगमा प्रतिबन्ध लगाएको सिसाजन्य र प्लास्टिकजन्य वस्तु ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान ना८ख ३५५४ नम्बरको ट्रकमा लुकाएर सल्लेरी ल्याउन खोजिएको बोतलको एप्पल साइडरलाई पत्तालेमा खटिएका नेपाल प्रहरी र नगर प्रहरीले संयुक्त रूपमा नियन्त्रणमा लिएको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिए।

नगर प्रहरीले यसअघि पनि करिब तीन सय कार्टुन वियर र एप्पल साइडर नियन्त्रणमा लिएर आगामी दिनमा सिसाजन्य पेय पदार्थ ढुवानी नगर्ने सर्तमा फिर्ता पठाएको थियो। सल्लेरीका अधिकांश व्यापारीले क्यानमा पाइने पेयपदार्थ ल्याए पनि केही व्यापारीले आँखा छल्न खोजेको उनले बताए। २०७५ पुसबाट नगरपालिका क्षेत्रमा सिसाजन्य र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाइएको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App