१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन हुने

काठमाडौं – मानव संसाधन समाज नेपालले आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ। मानव संसाधन विकासको क्षेत्रमा लागिपरेको दाबी गर्ने संस्थाले भदौ २० गते सम्मेलनको तयारी रहेको विज्ञप्तिमा जनाएको छ।

सम्मेलनमा नेपालका विभिन्न संघ–संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यावसायिक व्यक्तित्व, ट्रेनिङ म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशक, एचआर प्रोफेसनल लगायतको सहभागिता रहने उल्लेख छ।

सम्मेलनबाट नेपालमा मानव संसाधनको अवस्था र यसको प्रयोगबारे विश्लेषण गर्दै भविष्यको लागि कस्तो मानव संसाधन आवश्यक पर्छ भन्नेबारे दिशानिर्देशन गर्न सहयोग पुग्ने जनाइएको छ।

सम्मेलनमा पहिलोपटक नेपालमा गरिएको नेपाल स्किल रिपोर्टको प्रारम्भिक अध्ययनको प्रतिवेदन पनि सार्वजनिक हुने जनाइएको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App