१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले भन्याे- फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्नेे प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो।

चिनियाँ ‘नेशनल नारकोटिक कन्ट्रोल कमिसन’ का एक उच्च अधिकारीले भने, “चीनमा गत मे १ देखि फेन्टानिल उत्पादन तथा बिक्री भएका रिपोर्टहरू प्राप्त भएका छैनन्।” “चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ।” 

आयोगका उप निर्देशक लिउ युचिनले आज गरेको पत्रकार सम्मेलनमा भने, “चीन र अमेरिकाका औषधि उत्पादन तथा विक्री नियमनकारी संस्थाहरूले विगत केही बर्षदेखि नशालु औषधिको उत्पादन र विक्री नियन्त्रणमा सहकार्य गर्दै आएका छन्। तर उनीहरूले मेपछि कहिल्यै फेन्टानिल र यस किसिमका औषधिबारे कुनै अनुसन्धानमा सम्लग्न हुनुपरेको छैन ।” 

चिनियाँ पक्षले सन् २०१२ पछि अमेरिकी औषधि उत्पादन तथा नियमनकारी संस्थाबाट पार्सलमार्फत पठाइएका ३८३ चक्की फेन्टानिलका बारेमा आफूलाई जानकारी भएको बताएकोे छ भने अमेरिकी पक्षल यस समयमा मात्रै छ वटा सङ्केतबारे जानकारी भएको उल्लेख गरेको छ। 

गैर–कानूनी मानिएका नशालु औषधि उत्पादन र विक्री नियन्त्रणमा चीनले दृढ तथा कडा नीति लिएको छ, लिउले भने। चीनले यस सम्बन्धमा पनि अमेरिकालगायत अन्य मुलुकसँगको सहकार्यलाई सशक्त बनाउन तयार छ । कुनै आधारहरू भेटिएमा संयुक्तरूपमा अनुसन्धान गर्न चीन तयार छ, उनले बताए। सिन्ह्वा

प्रकाशित: १७ भाद्र २०७६ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App