आत्मनिर्भर बन्दै महिला

मङ्गलबार, १७ भदौ २०७६, १२ : ३४ नागरिक

बलेवा- बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट १० हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्न थालेका थिए। उनले बाख्रा पालेरै छोराछोरी पढाए, घर खर्च चलाए र केही तरकारी पनि फलाए।  

कालिका महिला सहकारी मार्फत १० हजार रुपैयाँको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाएका छन्। नियमित बाख्रापालन गरेर उनले कमाइ मात्र गरेनन्, सहकारीमा आबद्व सदस्य र सञ्चालकको मन पनि जिते। समयमा ऋण तिर्ने कामले उनी प्रति विश्वास बढायो। उनको मेहेनतमा श्रीमान खड्गबहादुर जिसीले पनि साथ दिए।     

“साहुको घरमा पुगेर ऋण माग्न कठिन हुन्थ्यो, आफ्नै सहकारी मार्फत काम गर्न सजिलो भयो”, उनले भनिन्, “दुई छोरी र एक छोरा हुर्काउन सहकारीको ऋणले साथ दियो।” नियमित मेहेनत गरेकै कारण उनले ऋण चाहेजति पाउने भएपछि बाख्रापालन छाडेर भैँसीपालनको तयारी गरेकी छन्। उनले भैँसी पालेर बजारमा दूध बिक्री गर्ने योजना बनाएको बताइन्। “अब भैँसी पाल्ने योजना बनाएकी छु”, उनले भनिन्, “त्यसका लागि १० लाख रुपैयाँ बढी खर्च लाग्छ।”    

सहकारीबाट केही ऋण लिएर यसअघि कमाएको कमाइ त्यसमा मिसाउने उनको तयारी छ। सहकारीले पनि उनलाई विश्वास गरेकाले उद्यम गर्नका लागि साथ दिने अध्यक्ष पिङ्गला खड्काले बताइन्। “हामीले ऋण मात्र दिएका छैनौँ, महिलालाई उद्यमी पनि बनाएका छौँ, खड्काले भनिन्, “अधिकारका लागि हामीले अभियान चलाएका छौँ।” महिलाले आफ्नो अधिकार खोजी गर्दै उद्यमी पनि बनेका उनले बताइन्। आर्थिक क्रान्तिको लागि सहकारीले महिलालाई साथ दिने उनको भनाइ छ।     

जिसीलाई सहकारीले उत्कृष्ट ऋणीका रुपमा पुरस्कार समेत दिएको छ। जिसीजस्तै सहकारीकै साथ पाएर एक सयभन्दा बढी महिलाले व्यवसाय चलाएका छन्। झण्डै पाँच सय महिला सदस्य भएको सहकारीमा हरेकले कुनै न कुनै उद्यम गरिरहेका सञ्चालकले बताएका छन्। व्यावसायिक गाई, भैँसी, बाख्रापालनसहित तरकारी खेती, पसल सञ्चालन र अन्य व्यवसायका लागि पनि ऋण प्रवाह गर्दा शतप्रतिशत असुली भएको खड्काले बताइन्।     

पछिल्लो समय उनीहरुले घरघरबाट विकृति विरुद्धको अभियान पनि चलाउने गरेका छन्। छोराछोरीमा भित्रिएको विकृतिको समस्या समाधान गर्न उनीहरु लाग्न लागेका हुन्। छोराछोरीको दैनिकी बुझेर विकृतिमा लागेका भेटिए सुधार गर्ने योजनामा पनि उनीहरुले तयारी गरेको उनले बताइन्। तत्कालीन महिला तथा बालबालिका कार्यालयले गठन गरेको समूहबाट खोलिएको सहकारीबाट महिलाको बोल्ने क्षमता पनि विकास भएको अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताइन्।     

“अधिकार खोज्दै आत्मनिर्भर व्यवसाय खोज्न सजिलो होस् भनेर महिला विकास कार्यालयले बीउ पूँजी दिएर थालेका थियौँ”, उनले भनिन्, “अहिले सबैजना खुशी छन्, उद्यम गर्छन् र सचेत भएका छन्।” घरपरिवारका सदस्यको आशमा बस्नुपर्ने महिलालाई आफ्नो कमाइ खाने अवस्था सिर्जना भएको उनले बताइन्।रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad