१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसएसपी सर्वेन्द्र र विक्रमसिंहको जोडी उत्कृष्ट

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा यसवर्ष अनुसन्धान र कार्यसम्पादनमा उत्कृष्ट भएका छन्।

महानगरीय प्रहरीको  स्थापनाको ११ औं बार्पिकोत्सवका अवसरमा महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एसएसपीद्वय सर्वेन्द्र खनाल र विक्रमसिंह थापालाई प्रमाणपत्र दिएका हुन्। महाशाखाले यसवर्ष खेल, वैदेशिक रोजगार, हुण्डी, शैक्षिक परामर्स र संगठित अपराध बिरुद्ध सफल अनुसन्धान गरेकोमा पुरस्कृत गरिएको हो । काठमाडौं प्रहरीले अपराध न्युनीकरणका लागि संचालन गरेका बिद्यालय र सामाजिक तहमा कार्यक्रम, राजस्व घोटाला, गुण्डागर्दी नियन्त्रण र काठमाडौंबासीलाई सुरक्षाको प्रत्याभुती प्रदान गरेकोले पुरस्कृत गरिएको हो ।

महानगरीय प्रहरीका अनुसार अपराध अनुसन्धानमा महाशाखा र अपराध नियन्त्रणमा परिसरले अब्बल काम गरेको हो । यस्तै कार्यालयका एसएसपी शरद चन्द, डिएसपी सन्तोषसिंह राठौर, मनोहरी थापा, प्रहरी हवल्दार चेतबहादुर थापा र जवान सन्तोष सापकोटा पुरस्कृत भएका हुन ।

प्रकाशित: १ मंसिर २०७३ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App